काठमाडौं । भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । आइतबार एकैदिन ४० हजार २४३ जना संक्रमित थपिएका छन् ।
यसअघि शनिबार ३७ हजार ४०७ जना, शुक्रबार ३४ हजार ८२० तथा बिहीबार ३५ हजार ४६८ जना संक्रमित थपिएका थिए ।
भारतमा अहिलेसम्म ११ लाख १८ हजार १०७ जना संक्रमित पुगेका छन् । तीमध्ये सक्रिय संक्रमित ३ लाख ८९ हजार ८०३ जनामात्र रहेका छन् ।
निको हुनेको संख्या ७ लाख ३९९ रहेको छ । आइतबार २२ हजार ७४२ जनालाई निको भएको छ । यसअघि शनिबार एकैदिन सबैभन्दा बढी २३ हजार ५५२ जनालाई निको भएको थियो ।
आइतबार ६७५ जनाको ज्यान गयो । मृतकको संख्या अहिलेसम्म २७ हजार ५०३ पुगिसकेको छ ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा एकै दिन सर्वाधिक ९ हजार ५१८ जना संक्रमित थपिएर ३ लाख १० हजार ४५५ जना पुगेका छन् । मृतक २५८ थपिएर ११ हजार ८५४ पुगेका छन् ।
दोस्रो प्रभावित तमिलनाडुमा ४ हजार ९७९ जना थपिएर १ लाख ७० हजार ६९३ जना संक्रमित पुगेका छन् । मृतक ७८ थपिएर २ हजार ४८१ पुगेका छन् ।
तेस्रो प्रभावित दिल्लीमा १ हजार २११ जना थपिएर संक्रमित १ लाख २२ हजार ७९३ पुगेका छन् । मृतक ३१ थपिएर ३ हजार ६२८ पुगेका छन् ।
चौथो प्रभावित कर्नाटकमा ४ हजार १२० संक्रमित थपिएर ६३ हजार ७७२ पुगेका छन् । मृतक ९१ थपिएर १ हजार ३३६ पुगेका छन् ।