arrow

कोरोना भाइरसको संक्रमण रोक्न ‘थ्री–टी’ सूत्र 

नेपालसंग सीमा जोडिएको बिहारमा कोरोना भाइरसको संक्रमण बढ्यो

logo
प्रकाशित २०७७ साउन ५ सोमबार
corona-test-india.jpg

काठमाडौं । नेपालसंग सीमा जोडिएको भारतको बिहार राज्यमा कोरोना भाइरस दिन प्रतिदिन बढिरहेको छ । राज्यमा आइतबार १ हजार ४१२ जना संक्रमित थपिएका छन् । 

त्यहाँ संक्रमितको संख्या २६ हजार ३७९ पुगेको छ । सक्रिय संक्रमित ९ हजार ६०३ जना रहेका छन् । निको हुनेको संख्या १६ हजार ५९७ रहेका छन् । आइतबार मात्रै ८२६ जनालाई निको भएको छ । 

आइतबार २ जनाको ज्यान गयो । अहिलेसम्म १७९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । 

बिहारमा बढ्दो संक्रमण रोक्नका लागि केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालको नेतृत्वमा एक टिम बिहार पुगेको छ । 

केन्द्रीय टिमले बिहारको स्वास्थ्य विभागका अधिकारीहरुसंग बैठक गरेको छ । 

यस्तो छ सुझाव
केन्द्रीय टिमले कोरोनाको संक्रमण रोक्न कोरोनाको जाँचको तरिका बदल्न सुझाव दिएको छ । करिब ३ घण्टासम्म चलेको बैठकमा टिमले बिहारको जाँच र उपचारको बारेमा जानकारी लिएको थियो । 

केन्द्रीय टिमले ट्रेसिङ, टेष्टिङ र ट्रिटमेन्टमा जोड दिएको छ । उसले पहिले संक्रमितलाई चिनेर अलग गर्नु महत्वपूर्ण हुने तब संक्रमणको चेन टुट्ने छ । अनि रिकोभरि रेट बढ्ने बताएको छ । 

भारतमा आइतबारको अवस्था 
भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । आइतबार एकैदिन ४० हजार २४३ जना संक्रमित थपिएका छन् । 

यसअघि शनिबार ३७ हजार ४०७ जना, शुक्रबार ३४ हजार ८२० तथा बिहीबार ३५ हजार ४६८ जना संक्रमित थपिएका थिए । 

भारतमा अहिलेसम्म ११ लाख १८ हजार १०७ जना संक्रमित पुगेका छन् । तीमध्ये सक्रिय संक्रमित ३ लाख ८९ हजार ८०३ जनामात्र रहेका छन् । 

निको हुनेको संख्या ७ लाख ३९९ रहेको छ । आइतबार २२ हजार ७४२ जनालाई निको भएको छ । यसअघि शनिबार एकैदिन सबैभन्दा बढी २३ हजार ५५२ जनालाई निको भएको थियो ।

आइतबार ६७५ जनाको ज्यान गयो । मृतकको संख्या अहिलेसम्म २७ हजार ५०३ पुगिसकेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा एकै दिन सर्वाधिक ९ हजार ५१८ जना संक्रमित थपिएर ३ लाख १० हजार ४५५ जना पुगेका छन् । मृतक २५८ थपिएर ११ हजार ८५४ पुगेका छन् । 

दोस्रो प्रभावित तमिलनाडुमा ४ हजार ९७९ जना थपिएर १ लाख ७० हजार ६९३ जना संक्रमित पुगेका छन् । मृतक ७८ थपिएर २ हजार ४८१ पुगेका छन् । 

तेस्रो प्रभावित दिल्लीमा १ हजार २११ जना थपिएर संक्रमित १ लाख २२ हजार ७९३ पुगेका छन् । मृतक ३१ थपिएर ३ हजार ६२८ पुगेका छन् । 

चौथो प्रभावित कर्नाटकमा ४ हजार १२० संक्रमित थपिएर ६३ हजार ७७२ पुगेका छन् । मृतक ९१ थपिएर १ हजार ३३६ पुगेका छन् । 


 



लोकप्रिय समाचार
नयाँ