काठमाडौं । स्पेनिश ला लिगा फुटबलको यो सिजन सकिएको छ । आइतबार राति अन्तिम चरणका सबै १० खेल भएपछि लिग सकिएको हो ।
लिगमा रियाल मड्रिडले ८७ अंकसहित सर्वाधिक ३४ औं पटक उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन मा बार्सिलोना ८२ अंकसहित दोस्रो भएको छ ।
एथलेटिको मड्रिड ७० अंकसहित तेस्रो तथा समान अंकबाट हेडटुहेडमा पछि पर्दै सेभिल्ला चौथो स्थानमा छ । भिल्लारियल ६० अंकबाट पाँचौं तथा ५६ अंकबाट रियाल सोसिडाड छैटौं स्थानमा रह्यो ।
लेगानेस, मयोर्का र इस्पानियोल रेलिगेशनमा परेका छन् ।
आइतबारको नतिजा –
डेपोर्टिभो ०–५ बार्सिलोना
रियाल भल्लाडोलिड २–० रियाल बेटिस
भिल्लारियल ४–० आइबार
एथलेटिको मड्रिड १–१ रियाल सोसिडाड
इस्पानियोल ०–० सेल्टा भिगो
ग्रानाडा ४–० एथलेटिक बिलबाओ
लेगानेस २–२ रियाल मड्रिड
लेभान्ते १–० गेटाफे
ओसासुना २–२ मयोर्का
सेभिल्ला १–० भ्यालेन्सिया
मेस्सीको रेकर्ड गोल
आइतबार भएको सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई ५(० गोल अन्तरले पराजित गरेको हो ।
डिपोर्टिभोको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै अन्सु फाती, लुइस स्वारेज र नेल्सन सेमिडोले एक एक गोल गरे ।
यससँगै मेस्सीले यस सिजन लिगमा २५ औं गोल पूरा गरेका छन् । उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् ।
मेस्सीले ला लिगामा एकै सिजन सर्वाधिक धेरै असिस्ट गर्ने कीर्तिमान समेत बनाएका छन् । उनले यस सिजन २१ असिस्ट गर्दै पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन् ।
फातीको गोलका लागि मेस्सीले असिस्ट गर्दै कीर्तिमान बनाएका हुन् ।