arrow

रौतहटको मनसुन व्यथाः जहिल्यै बाढी र डुबानको त्रास भएन स्थायी समाधान 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७७ साउन ५ सोमबार
duban4.jpg

रौतहट । आइतबारबाट परिरहेको पानीका कारण रौतहटमा डुबान र बाढीको त्रास बढेको छ । लगातार पाँच दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार रौतहटमा पनि आईतबार बिहानैदेखि अविरल बर्षा भइरहेको छ । 

जिल्लाभर बर्षा भइरहेका कारण जिल्लाका दक्षिणी क्षेत्रहरुका बासिन्दा त्रासमा बस्न बाध्य छन् । केही दिनअघि परेको निरन्तर बर्षाका कारण लालबकैया र बागमती खोलाले रौतहटका नागरिकमा त्रास सिर्जना गरेको थियो । 

पुनः बर्षा हुन थालेपछि रौतहटमा डुवान तथा कटानले क्षति पुर्याउन सक्ने भन्दै प्रशासनले सचेत गराएको छ । बर्षाले रौतहटको चाँदी, लालबकैया तथा बागमती नदीले स्थानीयमा ठूलो धनजनको क्षति हुन सक्ने संकेत देखिएको छ । 

खोला किनारका बस्तीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नसकिएमा रौतहटबासीले ठूलो क्षतिको सामना गर्नुपर्ने स्थानीयको भनाइ रहेको छ । 

जिल्लाका डुवान क्षेत्रको प्रदेश २ का मन्त्रीलगायत प्रमुख जिल्ला अधिकारीसहितको टोलीले ती विभिन्न स्थानको निरीक्षण तथा अनुगमनसमेत गरिसकेको भए पनि बर्सेनि यही समस्याले पिरोल्दै आएको छ । कहिं पानीको निकास नहुँदा डुवानको खतरा छ भने कँहि आएको बजेटको समेत दुरुपयोग हुँदा तटबन्द, बाँध र पानी बग्ने नाला नबन्दा एउटै समस्या हरेक बर्ष दोहोरिंदै आएको छ । 

समय रहँदै तटबन्द निर्माणदेखि लिएर विपत्को पूर्वतयारीमा नजुट्ने सरकारी संयन्त्रका कारण बर्सेनि रौतहटका जनता पींडा भोग्दै रातभर त्रासमा बाँच्न बाध्य हुनुपरेको छ । 

तथापि रौतहट प्रशासनले बाढीको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन र नदी आसपासका क्षेत्रमा नबस्न आग्रह गरेको छ ।



लोकप्रिय समाचार
नयाँ