arrow

नौगाडमा पहिरो जाँदा महिलाको मृत्यु, बालिका बेपत्ता

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७७ साउन ५ सोमबार
naugad-pahiro.jpg

दार्चुला । आइतबारको अविरल बर्षाका कारण नौगाडमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा वडा नम्बर ६ परिगाउँका हर्जित सिंह ठगुन्नाकी ४२ वर्षीया श्रीमती मानमती ठगुन्नाको रहेकोे प्रहरीले जनाएको छ ।

यस्तै सोही ठाउँका मानसिंह ठगुन्नाको घर बगाउदा उनकी ६ वर्षीया छोरी आरती ठगुन्ना बेपत्ता रहेकी छन् । बेपत्ता बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पहिरोले परिगाउँका चार घर तथा समैजी आधारभुत विद्यालयको भवन बगाएको छ । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउँदको प्रहरी टोली गइरहेको जनाइएको छ । वर्षाले जिल्लाका विभिन्न ठाउँमा बाढी पहिरो जाँदा धनजनको क्षति गरेको छ ।



लोकप्रिय समाचार
नयाँ