arrow

सुनसान पशुपतिनाथ, सोमबारे औंशीमा पनि खुलेन

logo
प्रकाशित २०७७ साउन ५ सोमबार
pashupatinath-temple.jpg.jpeg

काठमाडौं । कोरोना भाइरसको महामारीको कारण सोमबार साउनको पहिलो सोमबार पनि देवालयहरु सुनसान छन् । पशुपतिनाथ मन्दिर पनि सुनसान रहेको छ । 

पशुपति विकास कोषले मन्दिरको मूलद्धार नै नखोलेपछि दर्शनार्थीहरु पशुपतिभित्र जान पाएनन् । कोषले चैत ११ गतेदेखि नै पशुपतिनाथ मन्दिर बन्द गरेको हो । 

सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, विद्यालय लगायत नखोल्ने निर्णय गरेकाले साउन महिनाको पहिलो सोमबार भए पनि दर्शनार्थीका लागि मन्दिर नखुलेको हो । 

पहिलो सोमबार मन्दिर नखुलेपछि साउनभर नै पशुपति नखुल्ने आशंका बढेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गरेका छन् । 

लकडाउनका बेला दर्शनार्थीका लागि पशुपति मन्दिर नखुलाए पनि मन्दिरमा हुँदै आएको नित्य पूजा भइरहेकै छ । 

कोरोनाको प्रकोप लामो समयसम्म रहे यसपटक साउने सोमबारमात्र हैन हरितालिका तीजमा पनि पशुपति नखुल्ने निश्चित छ । 



लोकप्रिय समाचार
नयाँ