स्याउलीबाङ । प्युठानको नौबहिनी गाउँपालिका १ स्याउलीबाङका स्थानियले एकै दिन १५२ केजी सलह जम्मा गरेका छन् । सलह जम्मा गरी वडा प्रतिनिधिहरुको रोहवरमा सलह नष्ट गरिएको छ ।
उक्त सहल बापत गाउँपालिकाले प्रति केजी ५० रुपैयाँ स्थानियलाई उपलब्ध लगाउने छ । वडा कार्यालयको रोहवरमा सलह नष्ट गरिएको वडा सदस्य एलपि शेरचनले बताए ।
उत्तरी प्युठानमा अझै पनि सहल कीराको आतंक रहेको छ । कृषकलाई राहत पनि मिल्ने र सलह कीरा नियन्त्रणमा पनि ल्याउन सकिने भएकाले गाउँपालिकाले सलह कीरा संकलन गर्नेलाई प्रतिकेजी ५० रुपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष शिव रिजालले बताए ।