काठमाडौं । बलिउडमा प्रत्येक बर्ष ठुला बजेट देखि साना बजेटका थुप्रै चलचित्र बन्ने गर्दछन् । तर एकै दिन ठुलो र सानो बजेटको चलचित्र रिलिज भए साना बजेटका चलचित्रहरु छायामा पर्ने गरेको देखिन्छ ।
सलमान खान, आमिर खान, शाहरुख खान जस्ता ठुला स्टारडम चलचित्र भए त साना चलचित्रले लगानि पनि उठाउन मुस्किल पर्छ। सन् २०१५ मा एकै समय दुई चलचित्र रिलिज भए 'मसान' र 'बजरंगी भाईजान' । 'कान्स फिल्म फेस्टिवल' मा 'मसान' को निकै तारिफ भयो । तर चलचित्रले बक्स अफिसमा राम्रो गर्न सकेन । सोहि समय रिलिज भएको सलमानको चलचित्र 'बजरंगी भाईजान' कमाइको हिसाबले बर्षकै एक नम्बरमा रह्यो । 'बजरंगी भाईजान' ले कुल ६ सय २६ करोडबढी कमायो । एकै समय रिलिज भएकै कारण दर्शकले चलचित्र 'मसान' भन्दा 'बजरंगी भाईजान' हेर्न रुचाए ।
चलचित्रको कथा बस्तुलाई मान्ने हो भने 'मसान', 'बजरंगी भाईजान' भन्दा कम छैन । बलिउडमा स्टारडका साथै थ्रिएटर र साना क्षेत्रबाट आएकाले पनि दमदार अभिनय गर्ने गरेका छन् । नीरज घायवानले निर्देशन गरेको चलचित्र 'मसान' मा ऋचा चड्ढा, श्वेता त्रिपाठी, विक्की कौशलको मुख्य भुमिका रहेको छ । चलचित्रले कुल ६.८ करोड भारतीय रुपैया कमाएको थियो ।
अगली
त्यस्तै अर्को चेपुवामा परेको चलचित्र हो 'अगली' राहुल भट्ट, रोनित राय, गिरीश कुलकर्णीको दमार अभिनय रहेको चलचित्रको निर्देशन अनुराग कश्यपले गरेका छन् । चलचित्र डिसेम्बर २६ २०१४ मा रिलिज भएको थियो । त्यसको एक हप्ता अघिनै आमिर खान, अनुष्का शर्मा को चलचित्र पीके रिलिज भएको थियो । राजकुमार हिरानीले निर्देशन गरेको चलचित्रले ७९२ करोड भारतीय रुपैया कमाउदै बलिउडकै सर्वाधिक कमाउनेको सुचीमा छ भने कश्यपको चलचित्रले १३.८ करोड कमाउदै आफ्नो खर्च व्यहोरेको थियो ।
निल बटे सन्नाटा
सन् २०१६ अप्रिल २२ मा रिलिज भएको चलचित्र 'निल बटे सन्नाटा' ग्रामीण महिलाको कथा बस्तुमा आधारीत रहेको छ । चलचित्र हेरे पछि तारिफ नगर्ने पनि भेटिदैनन् तर 'निल बटे सन्नाटा' भन्दा पहिले रिलिज भएको शाहरुखको चलचित्र 'फ्यान' ले चलचित्रलाई माथि उठनै दिएन । चलचित्र ०.७ करोडमै सिमित हुदै 'निल बटे सन्नाटा' ले आफ्नो सबै खाता बन्द गर्यो । अश्विनी अय्यर तिवारीले निर्देशन गरेको चलचित्रमा स्वरा भास्कर, रिया शुक्लाको सशक्त अभिनय देख्न सकिन्छ । उता शाहरुख खान मुख्य भुमिकामा रहेको चलचित्रको निर्देशकमा मनीष शर्मा रहेका छन् । चलचित्रले कुल १ सय ७५ करोड भारतीय रुपैया कलेक्शन गरेको थियो ।
रमन राघव २.०
त्यस्तै कुटाई 'रमन राघव २.०' ले 'उडता पंजाब'को खायो । नवाजुद्दीन सिद्दी रहेको चलचित्र २५ जुन २०१६ मा रिलिज भएको थियो । चलचित्रको निर्देशन फेरि पनि अनुराग कश्यपले नै गरेका थिए । 'रमन राघव २.०' रिलिज हुदै गर्दा निर्देशक अभिषेक चौबेको चलचित्रले बजार पिटदै थियो । पंजाबमा लागुऔपध ओसार पसार र युवा पुस्तामा त्यसको प्रयोगको बारेमा बनेको चलचित्रमा शाहिद कपूर, आलिया भट्ट, करीना कपूर मुख्य भुमिकामा रहेका छन् । चलचित्रले ९९.७ करोड भारतीय रुपैया कमायो भने 'रमन राघव २.०' ६.७ करोडमै सिमित भयो ।
तलवार
त्यस्तै अर्को चलचित्र हो 'तलवार' इरफान खान को दमदार अभिनय रहेको चलचित्रमा कोंकणा सेन शर्मा, नीरज काबी मुख्य भुमिकामा रहेका छन् । 'तलवार' र 'सिंह इज ब्लिंग' अक्टोबर २ २०१५ मा रिलिज भएको थिए । मेघना गुलजारको निर्देशन रहेको चलचित्र 'तलवार' को कथा बस्तु निकै राम्रो रहे पनि चलचित्र कमाइको सन्दर्भमा २९.३ करोड रुपैयामा सीमित रह्यो । निर्देशक प्रभु देवाको चलचित्र 'सिंह इज ब्लिंग' ले ११६.७ करोड रुपैया कमाउदै 'तलवार' लाई धोवि कुटाइ दिएको थियो ।
फ्रीकी अली
'फ्रीकी अली' एक गरिब छोराको गल्फर बन्ने सपना, जो नवाजुद्दीन सिद्दीकीले देखेका छन् । एक मानिस गल्फर सहयोगीको रुपबाट कसरी गल्फ च्याम्पीयन बन सक्छ यो कथा चलचित्रमा छ । सोहेल खानको निर्देशनमा बनेको चलचित्रमा सिद्दीकी लगायत अरबाज खान, एमी जैक्सन मुख्य भुमिकामा रहेका छन् । चलचित्र 'फ्रीकी अली' ९ सेक्टेम्बरमा 'बार-बार देखो' सँग भिडेको थियो । केट्रिना कैफ र सिद्धार्थ मल्होत्रा मुख्य भुमिकामा रहेको चलचित्रको निर्देशन नित्या मेहराले गरेका हुन् । चलचित्रले कुल ५३ करोड कलेक्शन गर्दै २१.३ करोड कमाउने 'फ्रीकी अली'लाई झडका दिएको थियो ।
शंघाई
अभय देओल, इमरान हाशमी र कल्कि कोचलिनको सशक्त भुमिका रहेको चलचित्र 'शंघाई' ८ जुलाई २०१२ मा रिलिज भएको थियो । दिबाकर बनर्जीले निर्देशन गरेको चलचित्रको प्रतिश्पर्धा निर्देशन प्रभुदेवाको चलचित्र 'राउडी राठौड' सँग रह्यो । 'शंघाई' रिलिज हुनु भन्दा एक हप्ता पहिले देखि 'राउडी राठौड' ले बजार कब्जा गरेको थियो । अक्षय कुमार र सोनाक्षी सिन्हाको मुख्य अभिनय रहेको चलचित्रले कुल २ सय ६ करोड कलेक्शन गर्यो भने 'शंघाई' ले पछाडिको ६ अंक गुमाउदै २० करोडमा खुम्चियो ।
बम्बे टाकीज
त्यस्तै टकराबको सामना 'बम्बे टाकीज' ले 'शुटआउट एट बडाला' को गर्नु पर्यो । 'बम्बे टाकीज'मा रानी मुखर्जी, नवाजुद्दीन सिद्दीकी र रणदीप हुड्डा मुख्य भुमिका रहेको छ । ४ जना चर्चित निर्देशक करन जौहर, दिबाकर बनर्जी, जोया अख्तर र अनुराग कश्यप रहेको चलचित्रले १४.३ करोड मात्र कमाउन सक्यो । 'बम्बे टाकीज' सँगै रिलिज भएको चलचित्र 'शुटआउट एट बडाला' मा जोन अब्राहम, अनिल कपूर र कंगना रनोट मुख्य भुमिकामा रहेका छन् । संजय गुप्ता निर्देशित चलचित्रले ७५ करोड भारतीय रुपैँया कमउदै ४ निर्देशकलाई झापु दिएको थियो । एजेन्सीको सहयोगमा