arrow

बाढीले गर्दा पुर्व-पश्चिम राजमार्ग अवरुद्ध

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ साउन ५ सोमबार
flood-mechi-paschim.jpg

रौतहट । आइतबारदेखि परेको अबिरल बर्षाका कारण सोमबार पुर्व पश्चिम् राजमार्ग अवरुद्ध भएको छ । बर्षाका कारण आएको बाढीले गर्दा सोमबार दिउँसोबाट पुर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।  अविरल बर्षाका कारण चन्द्रपुर २ स्थित लच्कामा आएको बाढिले सडक अवरुद्ध गरेको हो ।

 सडक अबरुद्ध हुँदा ४ सय भन्दा बढी साना,ठुला सवारीसाधन अलपत्र परेका छन ।गत असार २६ गते पनि सोही स्थानमा बाढि आएका कारण राजमार्ग अबरुद्ध भएको थियो ।राजमार्गमा गुड्ने ठुला साधनलाई पालैपालो पास गराएपनि साना साधनहरु जान सक्ने अवस्था नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक शैलेस न्यौपानेले जानकारी दिए । 

ईलाका प्रहरी कार्यालय, तथा जिल्ला ट्राफिक र सशस्त्र प्रहरीले बाढिको अवस्था हेरेर ठुला गाडीलाई पालैपालो गरि पास गराउने गरेको न्यौपानेले जानकारी दिए । लच्कामा बाढीका कारण दर्जनौ  मालबाहक ट्रक, साना जिप, कार, मोटरसाईकल र एम्बुलेन्स रोकिएका छन् । 

पानीले निकाश नपाउँदा जिल्लाका दक्षिणी र उत्तरी भुभागका  केही गाउँ डुबानमा परेका छ्न । गढिमाइ नगर पालिका,चन्द्रपुर नगरपालिका,गौर,इश्नाथ लगायत धेरै नगरपालिकाका बस्तीमा पानी पसेको त्यहाँका स्थानीयबासिन्दाले जानकारी दिएका छ्न ।  

केही नदीहरुमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान गरिए पछि जिल्लामा त्रास बढेको छ । गत वर्ष असार र साउनमा लगातारको बर्षा पछि जिल्लाको ८० प्रतिशत भूभाग डुबानमा परेको थियो भने करोडौको क्षति भएको थियो । 

यस बर्षपनि बाढीका कारण समस्या आउने भन्दै जिल्लाबासी त्रसित बनेका छन् । यो हरेक बर्षामा भोग्नु पर्ने समस्या भएपनि नेपाल सरकारले समाधान खोज्नेतर्फ खासै ध्यान नदिएको भन्दै सधैं आलोचना हुने गरेको छ ।



लोकप्रिय समाचार
नयाँ