arrow

पहिरामा दुई महिला हराए

logo
प्रकाशित २०७७ साउन ५ सोमबार
jajarkot-landslide-pahiro.jpg

तनहुँ । तनहुँको भानु नगरपालिका–९ पुर्कोटमा पहिराले पुरिएर सोमबार दुई महिला बेपत्ता भएका छन् ।

 स्थानीय महेन्द्र धौरादीको घर पहिराले भत्किएर दुई महिला बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उद्धारका लागि पुर्कोटबाट प्रहरी टोली घटनास्थल जाँदै गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

 इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल जाँदै गरेको उनले बताए ।



लोकप्रिय समाचार
नयाँ