दुबई । साउदी अरबका राजा सलमान स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् ।
उनलाई राजधानी रियादस्थित किङ्ग फैसल विशेषज्ञ अस्पताल भर्ना गरिएको साउदी दरबारले सोमबार जनाएको छ ।
दरबारले जारी गरेको वक्तव्यका आधारमा साउदी प्रेस एजेन्सीद्वारा सम्प्रेषित समाचार अनुसार ८४ बर्षीय राजालाई पित्तासय सुनिएकोले परीक्षणका लागि अस्पताल भर्ना गरिएको उल्लेख गरिएको छ ।
कोरोनाको त्रासका कारण साउदी राजा सलमान केही समयदेखि सार्वजनिक भएका थिएनन् ।
उनी सन् २०१५ को जनवरीदेखि राज्यशक्तिमा छन् । उनी आफ्नो पुस्ताको अन्तिम राजा हुन् ।