डोटी । डोटीको शिखर नगरपालिकामा सोमबार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा शिखर नगरपालिकाका ४० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासिले जानकारी दिए ।
उनका अनुसार संक्रमण पुष्टि भएका ४० जना शिखर नगरपालिका वडा नंम्बर ५, ७, ८ र १० का क्वारेन्टिनमा रहेका छन् । पुष्टि भएकाहरु केही दिन पहिले भारतबाट आएर क्वारेन्टिनमा रहेका स्वास्थ्य प्रमुख मलासीले जानकारी दिए ।
४० जना थपिए संगै डोटीमा संक्रमितको संख्या ५ सय ८५ पुगेको छ । स्वास्थ्य प्रमुख मलासीका अनुसार यी मध्य ५ सय ३७ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । थपिएका ४० जना र यस अघिका ८ जना मात्र अस्पताल र स्थानीय तहका आईसोलेशनमा रहेको स्वास्थ प्रमुख मलासिले जानकारी दिए। सबैको स्वास्थ अवस्था सामन्य रहेकोे जनाएको छ।