धनगढी। नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ३८औं स्मृति दिवस धनगढीमा सरसफाई गरेर मनाइएको छ।
सरसफाईमा सहभागीको लागि नेपाल दलित विद्यार्थी संघमार्फत हरिप्रियाप्रकाश फाउन्डेसन मार्फत युवानेता क्षितिज भण्डारीले मास्क लगायत स्वास्थ्य सामाग्रीमा प्रदान गरे। ८० वटा झाडु उपमहानगरपालिकालाई नेता तपेन्द्र भुषाल, रक्षा महरा, भिम पडाल, भक्त बिष्ट, गजेन्द्र शाही र शम्भु लामिछाने मार्फत हस्तान्तरण गरिएको थियो।
सरसफाई कार्यक्रममा मेयर नृप ओढ, प्रदेश सासंद टेक बहादुर रैका, अम्बी थापा, नन्दा बम, उपमेयर सुशीला मिश्र, कांग्रेस उपसभापति प्रकाश बम, गोबिन्दराज जोशी, नारायणदत्त भट्ट सहितका नेता सहभागी थिए।
सरसफाई कार्यक्रममा कलावती जोशी, गोमा जोशी, पुष्पा भट्ट, नृप सुनार, केशब मिश्र, बिनय लामा, बब्लु चौधरी, नारायण सत्याल, यज्ञराज उपाध्याय, अमृत बीसी, भेष बम, डण्डीराज सुबेदी, निराजन खड्का र संघका अध्यक्ष दिपक बिक सहभागि थिए ।
विप्लव नेतृत्वको नेकपा माओवादीले ६ गते सुदुर पश्चिम बन्द राखेकोले ५ गते नै कांग्रेसको निर्देशनमा कार्यक्रम गरेको भण्डारीले जानकारी दिए।