स्याङ्जा। कालीगण्डकी गाउँपालिका ४ विर्घामा गएको पहिरोले पुर्याएको क्षतीप्रति नेपाली कांग्रेस स्याङजा क्षेत्र नम्वर २ ले दुःख व्यक्त गरेको छ ।
स्याङ्जा क्षेत्र नम्वर २ का क्षेत्रीय सभापति देवबहादुर खाँण (इश्वर) ले कालीगण्डकी गाँउपालिका ४ बिर्घामा गएको पहिरोका कारण पुगेको अपुरणीय क्षतिप्रति दुख ब्यक्त गरेका छन् ।
क्षेत्र नं. २ का सभापति खाँणले पहिरोमा परी निधन भएका साविक बिर्घा गाविसका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका जुझारु नेताहरु ७० बर्षिय इमानसिंह राना, ६० का जिमानसिंह राना र ५० का टिकाबहादुर थापाको निधनले कांग्रेस र समाजलाई ठुलो चोट पुगेको उल्लेख गर्दै मृतकहरुप्रति श्रद्धान्जली एवं शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
कांग्रेसले निकालेको विज्ञप्तीमा पहिरोमा परी बेपत्ता भएका प्रेमप्रसाद पाण्डेलाई छिटै भेट्ने कामना गर्दे, घाइते भएका ६८ बर्षिय होमनाथ पाण्डे (किसान) र ५५ बर्षिय वीरबहादुर रानाको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
नेपाली कांग्रेसका योद्धा एवं विकासप्रेमी नेताहरुको प्राकृतिक विपत्तीले निम्ताएको दुखद निधन, वेपत्ता एवं घाइते अवस्थाले कांग्रेसलाई अत्यन्तै दुखीत तुल्याएको उल्लेख छ । जारी बिज्ञप्तिमा कोरोनाको महामारी फैलिएको अवस्थामा पनि आफु भन्दा आफनो गाउँ, समाजको सेवाका निम्ति खटिएका योद्धाहरुको उच्च सम्मान गर्दै मृतात्मा प्रति शान्तिको कामना गरिएको छ ।
गत मंगलबार बिहान ९ बजे गएको पहिरोामा परी बिर्घाका ३ जनाको मृत्यु, एक जना वेपत्ता एवं २ जना घाइते भएका थिए। पहिरोमा परी घाईते भएका ६८ बर्षिय होमनाथ पाण्डे र ५५ बर्षिय वीरबहादुर राना पाल्पा अस्पतालमा ५ दिनको उपचारपछि घर फर्किसकेका छन् । मृतक ३ जनाको सामुहिक अत्येष्टि भैसकेको छ ।
पहिरोवाट विस्थापित भएका ६ घर परिवारलाई यथाशिघ्र राज्यले गास, वास र कपासको ब्यवस्थापन गर्न क्षेत्रीय सभापति खाँण (इश्वर) को संघ, प्रदेश तथा स्थानीय तहका सरकारसंग माग गरेका छन् । ३ जनाको मृत्यु, एक जनाको बेपत्ता र दुई जना घाईते हुने गरी भएको प्राकृतिक विपत्तीले साविक विर्घा साविक विर्घा गाविसवासी शोकमा डुवेका छन् ।