काठमाडौं । भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएको अर्को दिन तीन हजार चार सय ३३ जना संक्रमित घटेका छन् ।
आइतबार एकैदिन ४० हजार २४३ जना संक्रमित थपिएका थिए । जुन अहिलेसम्मकै उच्च रहेको थियो । तर सोमबार भने ३६ हजार ८१० जना संक्रमित मात्र थपिएका छन् ।
यसअघि शनिबार ३७ हजार ४०७ जना, शुक्रबार ३४ हजार ८२० तथा बिहीबार ३५ हजार ४६८ जना संक्रमित थपिएका थिए ।
भारतमा अहिलेसम्म ११ लाख ५४ हजार ९१७ जना संक्रमित पुगेका छन् । तीमध्ये सक्रिय संक्रमित ४ लाख १ हजार ७१२ जनामात्र रहेका छन् ।
निको हुनेको संख्या ७ लाख २४ हजार ७०२ रहेको छ । सोमबार सबैभन्दा बढी २४ हजार ३०३ जनालाई निको भएको छ ।
आइतबार २२ हजार ७४२ जनालाई निको भएको थियो । शनिबार एकैदिन त्यतिन्जेलसम्मको सबैभन्दा बढी २३ हजार ५५२ जनालाई निको भएको थियो ।
सोमबार ५९६ जनाको ज्यान गएको छ । मृतकको संख्या अहिलेसम्म २८ हजार ९९ पुगिसकेको छ ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा एकै दिन ८ हजार २४० जना संक्रमित थपिएर ३ लाख १८ हजार ६९५ जना पुगेका छन् । मृतक १७६ थपिएर १२ हजार ३० पुगेका छन् ।
दोस्रो प्रभावित तमिलनाडुमा ४ हजार ९८५ जना थपिएर १ लाख ७५ हजार ६७८ जना संक्रमित पुगेका छन् । मृतक ७० थपिएर २ हजार ५५१ पुगेका छन् ।
तेस्रो प्रभावित दिल्लीमा ९५४ जना थपिएर संक्रमित १ लाख २२ हजार ७९३ पुगेका छन् । मृतक ३५ थपिएर ३ हजार ६६३ पुगेका छन् ।
चौथो प्रभावित कर्नाटकमा ३ हजार ६४८ संक्रमित थपिएर ६७ हजार ४२० पुगेका छन् । मृतक ७२ थपिएर १ हजार ४०८ पुगेका छन् ।