arrow

बाढीले काबेली करिडोरको विद्युत् उत्पादन बन्द

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ साउन ६ मंगलबार
Kabeli_Karidor.jpg.jpeg

पाँचथर। अविरल भारी वर्षाका कारण बाढीका कारण इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालनमा रहेका अधिकांश जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ ।

काबेली करिडोर १३२ केभी प्रसारण लाइनमा तीन जिल्लामा सञ्चालनमा रहेका १७५ मेगावाट विद्युत् जोडिएको अहिले ४३ मेगावाट विद्युत् मात्रै प्रवाह भइरहेको काबेली करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख दीपेन्द्रराज दुवेदीले जानकारी दिए ।

इलाममा रहेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट विद्युत् उत्पादन भइरहेकोमा सोमबार बाट विद्युत् उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका जलविद्युत आयोजनाहरु सञ्चालित छन् ।

पाँचथरमा सञ्चालित विभिन्न आयोजनाहरुबाट ३७ मेगावाट विद्युत् उत्पादन भइरहेकोमा वर्षाका कारण ८ मेगावाट मात्रै उत्पादन भइरहेको छ ।

यसैगरी, पाँचथर र ताप्लेजुङको सीमामा पर्ने काबेलीमा विभिन्न आयोजनाबाट उत्पादन हुने ४० मेगावाटमा ३५ मेगावाट उत्पादन भइरहेको छ ।



लोकप्रिय समाचार
नयाँ