विरामीलाई फलफूल वितरण गराएर मनायो नेबिसंघले बीपी स्मृती दिवस
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ६ मंगलबार
135
Shares
काठमाडौं। जननायक बीपी कोइरालाको ३८ औं स्मृति दिवस नेपाल विद्यार्थी संघ सिराहाले रा.उ.स्मारक अस्पताल लाहानका बिरामीहरुलाई फलफूल वितरण गरेर मनाएको छ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति बिशुन साह बनियाँको उपस्थितिमा भएको कार्यक्रममा नेपाली कांग्रेस लाहानका नगर सभापति सुनिल महतो,नेबिसंघका निवर्तमान सहमहामन्त्री एबम नेपाली कांग्रेस लाहानका नगर सचिब परमेश्वर साह, नेपाली कांग्रेसका युबा नेताहरू देबनाथ यादब,अब्दुल करिम खान, मनोज कोइराला, नेबिसंघका नेताहरु सन्जिब ठाकुर, गोपाल यादब,नेविसंघ सीटीईभीटी प्रदेश नं २ का अध्यक्ष इन्द्र्जित गोइत, नेबिसंघका कपिल साह लगायत सहभागी थिए।
सो अवसरमा अस्पतालका करिब सय जना बिरामीहरुलाई स्याउ, केरा, आँप, बिस्कुट, जुस बितरण गरेको नेबिसंघ सिराहाका जिल्ला सभापति मो मुस्ताकले बताए ।