धनुषा । महोत्तरीमा नदी पार गर्न खोज्दा एक जना बेपत्ता भएका छन्। महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका वडा नम्बर ६ संग्रामपुरका ३५ वर्षीय विरेन्द्र कापर रातु नदी तर्न खोज्दा बेपत्ता भएका हुन् ।
सोही नगरपालिकाको कविलासा पछियारी टोलस्थित भगवतीपुर र कविलासाको बीचमा रहेको रातु नदी पार गर्न खोज्दा पानीको तिव्र बेगका कारण साइकल सहित बिरेन्द्र बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।
बेपत्ता भएका विरेन्द्रको खोजीमा स्थानीयवासी र प्रहरीको टोली जुटेको र उनको खोजी कार्य जारी रहेका प्रहरीले बताए ।