धनुषा । जनकपुरधामबाट नलकटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी धनुषाका अनुसार सर्लाही जिल्ला हरिपुर्वा नगरपालिका वडा नम्बर ८ बसतपुर घर भएका अनुरुद राय यादवका २१ वर्षीय छोरा सुनीलकुमारलाई पेस्तोलसहित पक्राउ गरिएको हो ।
हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बजरंगचोकमा डेरा गरी बस्ने सुनिलले कटुवा पेस्तोल बोकेर हिँडिरहेको भन्ने गोप्य सूचना पाएपछि सादा पोसाकमा खटिएको प्रहरीले आइतबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित जानकी मावि नजिकबाट पक्राउ गरिएको हो ।
सुनिललाई अदालतबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारीले जनाएको छ ।