नेपालगन्जमा चन्दा असुल्दै गरेका बिप्लब समूहका दुई नेता पक्राउ
प्रकाशित २०७७ साउन ६ मंगलबार
122
Shares
नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले नेत्र बिक्रम चन्द प्रतिबन्धित (बिप्लब समुह) का दुई जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।
मंगलबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राझाँमा चन्दा असुली गर्दै गर्दा बिप्लव समुहका भेरी कर्णाली न्याय प्रमुख एवं सैन्य कमाण्डर चित्रबहादुर बिक र अर्का कार्यकर्ता सुरेश राउतलाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।
नेपालगन्जको राझाँबाट पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको दिएको छ। ।