arrow

वीपी स्मृति दिवसमा कांग्रेसले भित्र्यायो नेकपाका ३ दर्जन कार्यकर्ता

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ साउन ६ मंगलबार
ncp-congress2.jpg

कञ्चनपुर । नेपाली कांग्रेसका संस्थापक नेता बिशेश्वर प्रसाद कोइराला (वीपी) को ३८ औं स्मृति दिवसको अबसर पारेर कञ्चनपुरको पुनर्वासमा आयोजित कार्यक्रममा नेता दिवानसिंह बिष्टले ३३ जना नेकपाका कार्यकर्ता कांग्रेसमा भित्र्याएका छन् ।

मंगलबार कञ्चनपुको क गाउँ स्थित सामुदायिक वनको सभाकक्षमा आयोजित कार्यक्रममा पुनर्वास नगरपालिका ७ च गाउँका ३३ जना नेकपाका युवा कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराएको नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सभापति गोपिप्रसाद उपाध्यायले बताए । 
सोमबार नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका बुद्धिमान तामाङ , एलिया तामाङ , रमेश तामाङ र प्रकाश तामाङको सक्रियतामा उनिहरुलाई पार्टीमा प्रवेश गराइएको सभापती उपाध्यायले बताए । 

जन नायक वीपी कोइरालाले स्थापित गरेको मूल्य मान्यता , सिद्धान्त र समाजवादी पार्टी भए पनि कञ्चनपुरको यस क्षेत्रमा दलित , अल्पसंख्यक र  जनजाती तामाङ समुदायमा पार्टीको पकड कमजोर रहेको बेलामा क्षेत्रमा पार्टी सुदृढीकरण अभियान बिस्तार गरे संगै अहिले पार्टी सबै तह र तप्काका समुदायको रोजाइ बन्दै गएको  कांग्रेस नेता तथा पुर्व साँसद दिवानसिंह बिष्टले बताए ।
 
जननायक वीपी कोइरालाले स्थापित गरेको पार्टी नेपाली कांग्रेस समावेशी सिद्धान्तमा चलेको पुरानो पार्टी भएको नेता बिष्टले बताए । 
पार्टीमा सबै कार्यकर्तामा समान व्यवहार गरिने कसैलाई भेदभाव नगरी पार्टी सुदृढीकरणमा लागिने नेता बिष्टले बताए । 

जन नायक कोइरालाको ३८ औं स्मृति सभाका अबसरमा नेपाली कांग्रेसले जनजागरण सामुदायिक वनमा बृक्षारोपण समेत गरेको थियो ।



लोकप्रिय समाचार
नयाँ