झापा । झापाको गौरादहमा ३८ औं वीपी स्मृती दिवसको अबसर पारेर मंगलबार बृहत बिचार गोष्ठीको आयोजना गरिएको छ । महामानव वीपी कोइरालाको स्मृती दिवसको अबसरमा नेपाली कांग्रेस प्रदेश तथा क्षेत्रीय समिती र गौरादह नगर समितोको आयोजनामा महामानब वीपी कोइरालाको सम्झनामा बिचार गोस्ठीको आयोजना गरिएको हो ।
नेपाली कांग्रेस प्रदेश कार्यसमितीका क्षेत्रीय सभापती तथा गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साहको प्रमुख आतिथ्य तथा नगर सभापती यादब राज सेडाइको सभापतित्वमा गौरादह नगरपालिका वडा न १ को सभाहलमा आयोजित कार्यक्रममा नेका नेता खगेन्द्र अधिकारी , अनिल कृष्ण प्रसाईं , लक्ष्मी प्रसाईं , राम कुमारी पौडेल लगायतले वीपी लाई सम्झदै वीपीको राजनीतिक ईतिहास र बिचार माथि प्रकाश पारेका थिए ।
कार्यक्रमको अबसर पारेर वीपीको राजनैतिक जीबन तथा पारिबारिक ईतिहास समिटिएको श्रब्य दृस्य चित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न दाताहरुले सहयोग उपलब्ध गराको ७० थान झुल बिपन्न परिवारलाई वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस प्रदेश कार्यसमितीका क्षेत्रीय सभापती साहले वीपी एक बहु आयामिक व्यक्ति रहेकोल बताए । उनले देशको समुन्नत बिकासका लागि महामाद्दोले चाहेको राज्य ब्यबस्था अनुरुपको कार्यक्रम ल्याउन आवस्यक रहेको बताए ।
तत्कालिन अवस्थामा भारतबाट अङ्ग्रेज नहटेसम्म नेपालबाट राणा शासन अन्त्य नहुने बिचार वीपीमा पहिला देखीनै रहेको बताउदै देशलाई संकट परेको बेला नेपाली कांग्रेसका नेता हरुले मात्र त्यस्तो संकट टार्न सक्ने क्षमता राख्न सक्ने हुनाले नेपाली कांग्रेस पार्टीनै लोकतान्त्रिक मूल्य र मान्यतालाई बचाउन सक्ने एकमात्र पार्टी रहेको बताए ।
गौरादह नगरपालिकाका नगर प्रमुख समेत रहेका साहले वीपीको बिचार लाई अनुसरण गर्दै आफुहरु रहेका स्थानीय निकायहरुमा बिकासका योजनाहरु अघि बढाइने सुनाए। संसारले अनुसरण गरेका वीपी जस्ता महान बिचारकको आउने नया सन्ततीहरुले उनको महान बिचार लाई जगेर्नागर्ने प्रण गर्नुपर्ने बताए।
ऐतिहासिक महत्व रहेको गौरादह नगरपालिकामा हाल निर्माणाधिन अवस्थामा वीपी स्मृती भनब निर्माणाधिन अवस्थामा रहेकोले आगामी दिनमा गौरादह आउने हरेक वीपीका अनुयानी हरुले वीपी माथी थप अध्ययन अनुसान्धान गर्न सक्ने स्मृती भबन बनाउन लागिएको कार्यक्रममा सभापती समेत रहेका नेपाली कांग्रेस गौरादह नगर सभापती यादब राज सेडाइले जानकारी गराएका थिए ।