arrow

पुनः धौलीगंगाको बाँध खोलिदै, सतर्क रहन आग्रह

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ साउन ६ मंगलबार
dhauliganga.jpg

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको बाँध साउन १५ गते राती १२ बजे खोलिने भएको छ । 

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार साउन १५ गते राति १२ बजेदेखि १६ गते बेलुकी पौने सात बजेसम्म बाँध खोलिने जनाइएको हो । परियोजनामा शिल्ट फ्लशिङ्ग र सरसफाइको गरिने भएकाले त्यसपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको हो ।

सिफ्ट फ्लशिंगको लागि बाँधको ढोका खोलिए पश्चात नदीमा पानीको सतह बढ्ने भएकोले तटिय क्षेत्रमा जोखीम रहने हुदा सतर्कता अपनाउन दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले आग्रह गरे । बाँधका ढोका १५ राती देखि खोलिने भएको हुदा व्याँस गाउँपालिकाको वडा नं ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदि तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।

 पछिल्लो समय भारतीय प्रशासनले नेपाली प्रशासनलाई पूर्व सुचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । सोही अनुसार नेपाली प्रशासनले नदि आसपासका बासिन्दालाई बाँध खोलिने बारे जानकारी गर्दै आइरहेको छ ।



लोकप्रिय समाचार
नयाँ