काठमाडौं। नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि २०७७ जारी गरेको छ । राष्ट्र बैंकले मंगलबार कार्यविधि जारी गर्दै पुनर्कर्जा प्रदान गर्ने प्रक्रिया उल्लेख गरेको छ । इजाजत प्राप्त संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा बैंकले प्रक्रिया पुर्याए पुनर्कर्जा उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यविधि अनुसार प्रतिग्राहक १५ लाख रुपैयाँसम्मको लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मको विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा इजाजत प्राप्त क्, ख, र ग वर्गका संस्थाहरुबाट एकमुष्ट रुपमा प्रदान गरिने छ ।
सो पुनर्कर्जा प्रदान गर्दा बैंकहरुले इजाजत प्राप्त संस्थाहरुबाट आवेदन आह्वान गरी, तोकिए अनुसारको प्रक्रिया पुरा गर्नुपर्ने छ । पुनर्कर्जा प्राप्त गर्ने संस्थाले राष्ट्र बैंकलाई १, २ र ३ प्रतिशत ब्याज तिर्नुपर्ने छ भने पुनर्कर्जा प्राप्त गर्ने व्यक्तिले संस्थालाई ३ देखि ५ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।
जसअनुसार विशेष पुनर्कर्जाका लागि राष्ट्र बैंकलाई संस्थाले १ प्रतिशत ब्याजदर, लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि राष्ट्र बैंकलाई २ प्रतिशत र साधारण पुनर्कर्जाका लागि राष्ट्र बैंकलाई ३ प्रतिशत ब्याजदरमा रकम तिनुृपर्ने छ ।
पुनर्कर्जा प्राप्त गर्ने व्यक्तिले संस्थालाई विशेष पुनर्कर्जामा ३ प्रतिशत र अन्यमा ५/५ प्रतिशत ब्याजदरमा रकम तिर्नुपर्ने छ ।