arrow

बीपी स्मृती दिवसको अवसरमा यूनिप्रेस नेपालले बाड्यो सदस्यहरुलाई राहत

logo
प्रकाशित २०७७ साउन ६ मंगलबार
unipress-rahat.jpg

काठमाडौं। बीपी स्मृति दिवशको अबसरमा यूनिप्रेस नेपालले कोविड १९ बाट प्रभावित विभिन्न प्रेस तथा संचार संबद्ध संस्थाहरूमा कार्यरत आफ्ना सदस्यहरूलाई खाद्यान्न राहत बितरण गरेको छ ।

यूनिप्रेस आबद्ध संस्थाहरू नेपाल ट्रेड युनियन काग्रेस तथा यूनियन नेटवर्क ईन्टरनेशनल नेपाल कार्यालय मार्फत सामग्री प्राप्त गरि वितरण भएको उपमहासचिब सुदिप बुढाथोकीले बताए ।

राहत बितरण कार्यक्रममा नेपाल ट्रेड युनियन काग्रेसका उपाध्यक्ष तेजेन्द्रजंङ्ग कार्की, युनिप्रेसका प्रमुख सल्लाहकार अश्विन दाहाल,बरिष्ठ उपाध्यक्ष श्रीकृष्ण श्रेष्ठ लगायतले राहत सामग्री बितरण गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंङ्ग कार्कीले कोविडबाट आहत श्रमिकहरूलाई आबद्ध संघहरू मार्फत केही मात्रामा भए पनि नेपाल ट्रेड युनियन कांग्रेसले राहत उपलब्ध गराईरहेको बताए ।बीपीको राजनैतिक सिद्धान्तलाई र उहाले देखाएको बाटोलाई सबैले पालन गरे मात्र नेपाली जनताले सुखी हुनसक्ने उनले बताए । 

श्रीकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्री श्रेष्ठ, यूनिप्रेसका प्रमुख सल्लाहकार अश्विन दाहालले ट्रेड युनियन कांग्रेस तथा युनियन नेटबर्क ईन्टरनेशनलाई राहत सहयोगका लागि धन्यवाद ब्यक्त गर्दै बर्तमान असहज आर्थिक अबस्थाबाट पिडित अनौपचारीक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सबैले राहत सहयोग जुटाउनु पर्ने बताए ।



लोकप्रिय समाचार
नयाँ