काठमाडौं । भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमितलाई निको भएको छ । मंगलबार २७ हजार मानिसलाई निको भएको छ । एकैदिन ३९ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । मृतक ६७१ भएका छन् ।
मंगलबार ३९ हजार १७२ जना संक्रमित थपिएका छन् । योसंगै कूल संक्रमित ११ लाख ९४ हजार ८५ पुगेका छन् । लगातार चौथो दिन ३५ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।
एकैदिन २७ हजार ५८९ जनालाई निको भएको छ । यो सबैभन्दा बढी हो । यसअघि सोमबार त्यतिन्जेलको सबैभन्दा बढी २४ हजार ३०३ जनालाई निको भएको थियो ।
आइतबार २२ हजार ७४२ जनालाई निको भएको थियो । शनिबार एकैदिन त्यतिन्जेलसम्मको सबैभन्दा बढी २३ हजार ५५२ जनालाई निको भएको थियो ।
अहिलेसम्म ७ लाख ५२ हजार ३९३ जनालाई निको भएको छ । अहिलेसम्म २८ हजार ७७० जनाको ज्यान गएको छ ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा एकै दिन ८ हजार ३३६ जना संक्रमित थपिएर ३ लाख २७ हजार ३१ जना पुगेका छन् । मृतक २४६ थपिएर १२ हजार २७६ पुगेका छन् ।
दोस्रो प्रभावित तमिलनाडुमा ४ हजार ९६५ जना थपिएर १ लाख ८० हजार ६४३ जना संक्रमित पुगेका छन् । मृतक ७५ थपिएर २ हजार ६२६ पुगेका छन् ।
तेस्रो प्रभावित दिल्लीमा १ हजार ३४९ जना थपिएर संक्रमित १ लाख २५ हजार ९६ पुगेका छन् । मृतक २७ थपिएर ३ हजार ६९० पुगेका छन् ।
चौथो प्रभावित कर्नाटकमा ३ हजार ६४९ संक्रमित थपिएर ७१ हजार ६९ पुगेका छन् । मृतक ६१ थपिएर १ हजार ४६९ पुगेका छन् ।