arrow

खासाको तालले नेपालमा असर नगर्ने, पाँच वर्षअघि बगाएको थियो लिपिङ बजार

logo
प्रकाशित २०७७ साउन ७ बुधबार
12bishe-badhi.jpg

सिन्धुपाल्चोक । खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो ।

चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह एक मिटर घटेको जानकारी आफूलाई दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । 

विसं २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा क्षति पुर्याएको थियो । 

त्यतिबेला झण्डै डेढ सय घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्ड तहसनहस बनाएको थियो । 

चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको केरुङ छ्यो ताल खासाबाट केही माथि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । 

सिन्धुपाल्चोकमा यसपटकको बाढी पहिरोले अहिलेसम्म ५ जनाको ज्यान लिएको छ भने २२ जना अझै बेपत्ता छन् । भोटेकोशी उर्लिँदा सबैभन्दा बढी क्षति बाह्रबिसेमा परेको छ । 
 



लोकप्रिय समाचार
नयाँ