arrow

सरकार ‘इनफ इज इनफ’, सम्पत्ति छानबिन र भ्रष्टाचार मुद्दा 

logo
प्रकाशित २०७७ साउन ७ बुधबार
enough-is-enough-mass-satya.jpg

काठमाडौं । आफूहरुसँग गरिएको १२ बुँदे समझदारी कार्यान्वयनमा सरकारले धोका दिएको भन्दै ‘इनफ इज इनफ’ अभियानले दोस्रो चरणको अभियान अन्तर्गत बसन्तपुरमा गत शनिबारदेखि सामूहिक सत्याग्रहलाई जारी राखेको छ । 

पहिलो चरणको सत्याग्रहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै सत्याग्रह त्यागेर साथ दिन आग्रह गरेअनुसार उनीहरुले सत्याग्रह त्यागेका थिए । 

तर सरकारले १२ बुँदे समझदारी लत्याएपछि युवाहरु फेरि दोस्रो चरणको आन्दोलनमा बसेका हुन् । अनिश्चितकालिन सत्याग्रहमा सयौं युवाहरु सहभागी हुँदै ऐक्यबद्धता जनाएका छन्। 

कोभिड १९ को उचित व्यवस्थापनको माग राख्दै अभियान निरन्तर आन्दोलनमा छ। सरकारले भने बुधबारदेखि कोडिडको नाममा लगाएको लकडाउनसमेत खोलेको छ । 

इनफ इज इनफ अभियानको १२ दिनको सत्याग्रह र हप्तौंको सडक संघर्षपश्चात् स्वास्थ्य मन्त्रालयले अभियानको मागमा सहमति जनाउँदै १२ बुँदे सहमति गरेको थियो ।

सहमति एक हप्ता भित्र कार्यान्वयनमा लैजाने गरी सत्याग्रह र सडक संघर्षका कार्यक्रम रोकिएको भएपनि ‘इनफ इज इनफ’ अभियानले सरकारको बेइमानी र नागरिकको स्वास्थ्यप्रतिको  लापरवाही विरुद्ध दोस्रो चरणको अभियानमा उत्रिएको जनाएको छ । 

अभियानले बुधबार मध्यान्ह १२ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथमा आरटीआई दर्ता गर्दैछ । 

त्यस्तै दिउँसो २ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सम्पत्ति छानबिन र भ्रष्टाचार मुद्दा दर्ता गर्दैछ । 

कोभिड १९ का नाममा सरकारले भ्रष्टाचार गरेको निष्कर्ष इनफ इज इनफको छ । सडकमा कोभिडका नामको १० अर्ब रुपैयाँ खोई ? बाट सुरु भएको यो अभियानले यति ठूलो रुप लिँदा पनि सरकार भने चुप छ ।



लोकप्रिय समाचार
नयाँ