काठमाडौं । आफ्नै भान्जीलाई छेँडछाड गर्ने बदमासहरुमाथि प्रतिकार गर्ने पत्रकार मारिएका छन् । भारतको गाजियावादमा बदमासहरुले गोली हानेर उनको हत्या गरेका हुन् ।
गोली प्रहारबाट गम्भीर घाइते भएका पत्रकार विक्रम जोशीले बुधबार दम तोडेका हुन् । सोमबार राति जोशीमाथि बदमासहरुले हमला गरेका थिए ।
अहिलेसम्म ३ जना आरोपी गिरफ्तार भएका छन् । ६ जनालाई हिरासतमा लिइएको छ । एक आरोपी फरार रहेको प्रहरीले बताएको छ । लापरवाहीको आरोपमा प्रताप विहार चौकीका इन्चार्ज राघवेन्द्र सिंहलाई निलम्बन गरेको छ ।
जोशीले आफ्नी भान्जीमाथि भएको छेँडछाँडको उजुरी पुलिससंग गरेका थिए । बदमासहरुले बदला लिनका लागि जोशीमाथि आक्रमण गरेको परिवारले आरोप लगाएका छन् ।
पुलिसले समयमै कार्वाही नगर्दा मुख्य आरोपी पक्राउ नभएको आरोप जोशीका परिवारको छ ।
गत सोमबार राति छोरीहरुसंग बाइकमा गइरहेका बेला बदमासहरुले जोशीलाई मारपीटसहित टाउकोमा गोली हानेका थिए ।
यसैबीच भारतीय कांग्रेस आईका नेता राहुल गान्धीले ‘वादा था रामराजका, दे दिया गुन्डाराज’ भनी सरकारलाई झापड हानेका छन् ।
पत्रकार हत्याको विरोधमा पत्रकारहरुले प्रदर्शनसमेत गरेका छन् ।