जनकपुरधाम। मंगलबार राती महोत्तरीका ६० वर्षीय बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका छन।
चार दिन अघि उच्च ज्वरो र खोकी लागेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारका लागि पुगेका महोत्तरीका ६० वर्षीय जेष्ठ नागरिकको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएपछि साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएका थिए।
अस्पताल स्रोतका अनुसार पछिल्लो समय उनको स्वास्थ्यमा प्रतिकुल समस्या देखिएसँगै मिर्गौलाले काम नगरेकोले डाईलेसिस पनि गर्नुपरेको थियो र निमोनिया पनि गम्भिर देखिएको थियो ।
मृतक प्रदेश नम्बर दुईका रहेकोले उनलाई प्रदेश २ मै पठाइ सकेको बताए ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको मंगलबार राती मृत्यु भएको पुष्टि गरे। कटुवालका अनुसार मृतकको शव हाल महोत्तरी ल्याइएको छ ।
शव व्यवस्थापन नेपाली सेनाको टोलीले गर्ने बताईएको छ ।योसँगै प्रदेश नम्बर दुई मा कोरोना संक्रमणबाट मृतकको संख्या ७ पुगेका छन् ।