डोटी। डोटीको आदर्श गाउँपालिका वडा नं. ५ लामिखालका स्थानियले लुकाएर राखेको ४५.९१ क्यूफिट सालको काठ बरामद गरिएको छ। कालिकास्थान सवडिभिजन वन कार्यालय, मौवावाट गएको टाेलीले घरमा लुकाइछिपाइ राखेको अवस्थामा सालको काठ बरामद गरेको हो।
गोप्य सूचनाको आधारमा खानतलासी गर्दा स्थानिय धर्म रोकाया र अर्जुन रोकायाको घरमा लुकाएर राखेको ६८ थान, ४५.९१ क्यूफिट बढी सालको काठ बरामद गरेको कालिकास्थान सवडिभिजन वन कार्यालय, मौवाका रेन्जर नरेश धामीले जिल्ला बन कार्यालयलाइ जानकारी गराएको डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भुप्रशाद तिवारीले बताए।
काठ बरामद गर्न गएकाे टोलीले बुधबार साँझसम्म मुचुल्का उठाएर आवश्यक अनुसन्धान र कार्वाहीका लागि डिभिजन वन कार्यालयमा फायल पुग्ने तिवारीले जानकारी दिए ।
डिभिजन वन कार्यालय डोटीका प्रमुख तिवारीका अनुसार बरामद गरिएको काठको अनुसन्धान गर्न टोली खटाइएको बताए । काठ मालिक र काठ जिल्लामा ल्याएर थप कार्वाही अगाडी बढाइने तिवारीले जानकारी दिए । बरामद गरेको काठको फाेटाे हेर्दा पुरानो जस्तो रहेको तिवारीले हाम्राकुरालाइ जानकारी दिए।
सो वडाका वडाध्यक्ष वीरभान धामी र काठ मालिकले भने बरामद गरिएको काठ पुरानो पैतृक भएको बताएका छन् ।