काठमाडौं । भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको संक्रमण यसरी फैलिइरहेको छ कि मानौं त्यहाँका सबै मानिसलाई एक पटक कोरोना लाग्छ ।
दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले दिल्लीमा कोरोनाका घटना कम भएको दावी गरे पनि हरेक पाँच व्यक्तिमा एक जना कोरोना पोजेटिभ पाइएका छन् ।
दिल्लीमा संक्रमित अनियन्त्रित भए पनि हरेक महिना सिरोलोजिकल सर्वे हुने भएको छ ।
हरेक महिना १ देखि ५ तारिखको बीचमा चुनिन्दा इलाकामा एन्टिबोडी टेस्ट हुने भएको छ । राष्ट्रिय रोग नियन्त्रण केन्द्र र दिल्ली सरकारको सिरो सर्वे अनुसार २२.८६ प्रतिशत मानिसमा एन्डिबोडी मिलेको छ ।
२७ जुनदेखि १० जुलाइसम्म सर्वे भएको थियो । यस अनुसार धेरै संख्यामा बिना लक्षणका संक्रमितहरु रहेका थिए ।
तेस्रो प्रभावित दिल्लीमा १ हजार २२७ जना थपिएर संक्रमित १ लाख २६ हजार ३२३ पुगेका छन् । मृतक २९ थपिएर ३ हजार ७१९ पुगेका छन् ।
सक्रिय संक्रमित दिल्लीमा १४ हजार ९५४ जना रहेका छन् । १ लाख ७ हजार ६५० जनालाई निको भइसकेको छ ।
भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिने र निको हुनेको रेकर्ड बनेको छ । बुधबार एकैदिन ४५ हजार ६०१ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो ।
यो संगै कुल संक्रमितको संख्या १२ लाख ३९ हजार ६८४ पुगेको छ ।
निको हुने पनि बुधबार रेकर्ड बनेको छ । एकै दिन ३१ हजार ८७४ जनालाई निको भएको छ । यसअघि मंगलबार २७ हजार मानिसलाई निको भएको थियो । त्यतिन्जेलसम्म त्यो पनि रेकर्ड थियो ।
अहिलेसम्म निको हुने ७ लाख ८४ हजार २६६ जनालाई निको भएको छ ।
मृतक पनि एकैदिन १ हजार १३० जना थपिएका छन् । यो अहिलेसम्मकै दोस्रो बढी हो । एक पटक एकै दिन २००४ जनाको ज्यान गएको थियो ।
बुधबारको मृत्युको यो आँकडा लामो समयपछि देखिएको हो ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा एकै दिन १० हजार५७६ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । एकै राज्यमा यो आँकडा एक दिनमा कहिल्यै छोएको थिएन । महाराष्ट्रमा कुल संक्रमित ३ लाख ३७ हजार ६०७ जना पुगेका छन् । मृतक २८० थपिएर १२ हजार ५५६ पुगेका छन् ।
दोस्रो प्रभावित तमिलनाडुमा ५ हजार ८४९ जना थपिएर १ लाख ८६ हजार ४९२ जना संक्रमित पुगेका छन् । मृतक ५१८ थपिएर ३ हजार १४४ पुगेका छन् । एकैदिन तमिलनाडुमा भएको मृत्युको संख्या अहिलेसम्मकै बढी हो ।
तेस्रो प्रभावित दिल्लीमा १ हजार २२७ जना थपिएर संक्रमित १ लाख २६ हजार ३२३ पुगेका छन् । मृतक २९ थपिएर ३ हजार ७१९ पुगेका छन् ।
चौथो प्रभावित कर्नाटकमा ४ हजार ७६४ संक्रमित थपिएर ७५ हजार ८३३ पुगेका छन् । मृतक ५५ थपिएर १ हजार ५१९ पुगेका छन् ।