arrow

सुकदेवलाई स्रोत नखुलेको २० लाख नगदसहित पक्रियो सशस्त्रले

logo
प्रकाशित २०७७ साउन ८ बिहिबार
arrest-final.jpeg

लहान । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रु २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ । 

सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए । 

भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए । पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ