रुपन्देही। प्राचिन सम्पदाहरुलाई संरक्षण एवं प्रर्वद्धन गर्ने जिम्मेवारी स्थानिय निकायको हुनुपर्ने भए पनि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो दादागिरी देखाइरहेको छ। उसले नगरमा भएको एक मात्रै प्राचिन वौद्ध सम्पदा भित्र पर्ने पोखरीमा वडा कार्यालय निर्माण गरेको पाईएको छ।
पोखरीभित्र तिलोत्तमा नगरपालिकाको वडा नंं ११ स्थित मद्रानीमा वडा कार्यालय भवन वनाउन लागिएको छ । जुन निर्माण कार्य सम्पन्न हुने क्रममा रहेको छ।
उक्त प्राचिन पोखरी भित्र कुनै पनि भौतिक संरचना निर्माण गर्न नहुने भन्दै स्थानियहरुले विरोध जनाए पनि तर नगरपालिकाको एकलौटी दवदवाले भवन निर्माण कार्य शुरु गरिएको स्थानियहरुको भनाई छ। भगवान वुद्धको मावली क्षेत्र भित्र पर्ने तिलोत्तमा नगरपालिका वडा नं ११ मद्रानीमा एउटा छुट्टै इतिहास बोकेको कुमारवर्ती मन्दिर रहेको छ।
जुन मन्दिरको संरक्षण स्थानियहरुले गर्दै आएको र दिनहुँ पुजा समेत गरेको पाईएको छ। स्थानिय सुरज ज्ञवालीका अनुसार स्थानिय निकाय वाट उक्त पौराणिक सम्पदाको संरक्षण तर्फ केही ध्यान नदिएको गुनासो गरे।
उनले भने, ‘म यस विषयमा आफ्नो व्यक्तिगत पैसा खर्च गरेर लागिपरेँ र पुरातत्व विभाग समक्ष पुगेर निरक्षण पनि गराएँ। पुरातत्व विभागले यसको प्रर्वद्धन गर्नका निम्ति उत्खनन् गर्नुपर्ने बताएको पनि हो। तर भएन। प्राचिन पोखरी भित्र कुनै पनि भौतिक संरचनाहरु बनाउन पाइँदैन। मेरो निवेदनको सुनुवाई भएन।’
साविक मक्रहर गाविसका पूर्वअध्यक्ष वयोवृद्ध ८१ वर्षिय पुर्णनवासी थारुले पहिले जस्तो पोखरी अहिले नभएको भन्दै अतिक्रमणका कारण सानो बन्दै गएको बताए।
स्थानिय जानकारहरुबाटै उक्त प्राचिन पोखरीको अतिक्रमण भएको भन्दै उनले स्थानिय तहको ठुलो कमजोरी भएको औल्याए। उल्टै स्थानिय तहले सो पोखरीमा वडा कार्यालय भवन बनाउन खोज्नु कानुनको खिल्ली उडाएको जिकिर गरे।
यस विषयमा पुरातत्व विभावले भवन निर्माण कार्य रोक्का राखी पोखरीको प्राचिनता, धार्मिक महत्व र वस्तुकला सम्वन्धि ययार्थ विवरण उपलब्ध गराउन विनम्र अनुरोध गर्दै २०७६ साल माघ १३ गते तिलोत्तमा नगरपालिकालाई पत्र पठाउँदै वोधार्थमा जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति रुपन्देहीलाई समेत पत्राचार गरेपनि तर कुनै निकायले ध्यान नदिएको स्थानिय अम्विका चौधरीले बताए।
तर हाम्राकुरा डटकमसंग कुरा गर्दै, वडा नं ११ का वडाअध्यक्ष मुक्तिनारायण चौधरीले भने पुरातत्व विभागले पोखरीमा कुनै केही नभएको मौखिक जवाफ दिएको फेसवुकमा जानकारी पत्र हालेको दावी गर्दै, सम्वन्धित निकायलाई पत्र नपठाएको वताएका छन्।
यता पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एंव विभागका प्रवक्ता राम वहादुर कुँवरले विभागले गत माघमा पत्र समेत पठाएको र आफू पनि फोन गरेर कुनै भौतिक संरचना नवाउन आग्रह गरेको भन्दै, लगत्तै गत चैत्रदेखि जारी गरिएको लकडाउनकले गर्दा स्थलगत अनुगमन गर्न नपाएकाले उक्त समयमा नगरपालिकाले भौतिक संरचना वनाएको वारे केही दिन भित्र एक स्थलगत अध्ययन टोली पठाउने बताएका छन्। यस्तै पुरातत्वविद् उद्धव आचार्यले भने सो स्थलको एक प्रतिवेदन विभागमा रहेको र कुनै संरचना बनाउन नहुने बताउँदै यद्यपि त्यस्तो संरचना बनाईएको पाईएमा प्राचिन स्मारक संरक्षण ऐन २०१३ संसोधन सहित संरचना बनाउन नहुने तर्क गरे।
तर विभागले भवन निर्माण कार्य तत्काल रोकेर त्यस क्षेत्रको महत्व, पौराणिक वस्तुकला लगायत पुरातत्व विभागमा पठाउन गरिएको आग्रहलाई तोड्दै तिलोत्तमा नगरपालिकाले वडा भवन निर्माण गर्न लागेको छ।
बौद्ध सम्पदा पोखरीभित्र वडा कार्यालयबौद्ध सम्पदा पोखरीभित्र वडा कार्यालय
Posted by Hamrakura.com on Wednesday, July 22, 2020