arrow

नेपालगञ्जमा पहिलो पटक दैनिक ज्याला मजदुरी गर्नेहरुको स्वाब संकलन

logo
प्रकाशित २०७७ साउन ८ बिहिबार
swab.jpg

नेपालगञ्ज । नेपालगञ्जमा दैनिक ज्याला मजदुरी गर्नेहरुको पहिलो पटक स्वाब संकलन गरिएको छ । नेपालगञ्जको त्रिभुवन चोकबाट दैनिक ज्याला मजदुरी गर्ने १ सय ३० जना मजदुरको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

बिहिबार त्रिभुवन चोक पुगेर स्वास्थ्यकर्मीको टोलीले पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह समेतको उपस्थितिमा स्वाब संकलन गरिएको हो । दैनिक ज्याला मजदुरी गर्ने सर्वसाधारण दिनहुँ विहान त्रिभुवन चोकमा जम्मा हुने गर्दछन् । 

कामको खोजीमा त्रिभुवन चोक पुग्नु उनीहरुको दैनिकी हो । नेपालगञ्जका सबै स्थानमा जम्मा हुने मजदुरको केही दिनमै स्वाब संकलन हुने भएको छ।



लोकप्रिय समाचार
नयाँ