नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जका कम्प्युटर अपरेटर अरुण खनाल १६ लाख बढी कमिशन रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले आज अस्पताल परिसरबाटै खनाललाई १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँसहित पक्राउ गरेको हो ।
विभिन्न सामान खरिद गरेको कमिशन रकम लिँदै गर्दा पक्राउ परेका खनालमाथि अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले बताए ।