धनुषा । धनुषामा टिभिएस शोरुम यदुकुहाका स्टाफकै मिलेमतो लुटपाट गर्ने व्यक्तिहरुलाई बिहीबार धनुषा प्रहरीले पक्राउ गरेको छ। बुधबार करिब ३:३० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ कपिलेश्वर जलाद पुल नजिक टिभिएस शोरुम यदुकुहा धनुषामा कार्यरत कर्मचारी जिल्ला धनुषा कमला नगरपालिका वडा नम्बर २ बस्ने २० वर्षीय धिरज कुमार अधिकारीले टिभिएस शोरुम यदुकुहाबाट जनकपुर बैंकमा राख्नको लागि ल्याइरहेको अवस्थामा अज्ञात व्यक्तिले लुटेर भगेका थिए ।
ज १० प ९७ नम्बर को मोटरसाईकलमा ३ लाख ७६ हजार नगद बोकेका कपिलेश्वर जलाइद पुल स्थित निजको साथबाट सो रकम अज्ञात व्यक्तिहरुले लुटी लगेको भन्ने जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय धनुषा बाट प्र.नि. को कमाणडमा प्रहरी टोली बरदात भएको स्थानमा खटि गई निज धिरज कुमार अधिकारी संग सोधपुछ गर्दा कालो रंगको नम्वर नखुलेको अपाचे मोटरसाइकल मा सवार दुई जना अपरिचित व्यक्तिले निजको मोटरसाइकल रोकि निजको साथबाट नगद लुटेका हुन् ।
लुटि लगेको भन्ने जानकारी दिएकोमा उक्त घटनाको अनुसन्धान तथा शंक्ति व्यक्तिहरुलाई खोज तलाश गर्ने क्रममा बिहीबार १ बजेको समयमा घट्नामा संलग्न रहेका धनुषा शहिदनगर नगरपालिका वडा नम्बर ७ ताराटोल बस्ने २१ वर्षीय सुजित मण्डल र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर१६ बस्ने २१ वर्षीय छोटु झा समेतलाई नियनत्रणमा लिई सोधपुछ गर्दा उक्त सो रुमका कर्मचारी धिरज कुमार अधिकारी, सुजित मण्डल र छोटु झा समेत मिलि टिभिएस शोरुम यदुकुहालाई झुक्याई सो रकम आपसमा बाडफ गर्ने सर्तमा योजना बनाई निजहरु मध्येका छोटु झाको घरमा लुकाई छिपाई राखेको प्रहरीले जनाएको छ।
केहि सूचना को अधारमा भन्ने निजहरुबाट खुलन आएमा तत्काल छोटु झाको घरमा प्रहरी टोली सहित पुगी रित पुर्वक खानतलासी गर्दा माटोको भाडामा नगद बरामद भएकोमा निज धिरज कुमार अधिकारी, छोटु झा र सुजित मण्डलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियो।