काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल टी–२० क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । आइपिएल यसपटक भारतमा नभई युएईमा हुनेछ ।
१९ सेप्टेम्बरदेखि सुरु हुने लिगको फाइनल ८ नोभेम्बरमा हुनेछ ।
भारतीय क्रिकेट बोर्डले आधिकारिक जानकारी नदिए पनि आइपिएल ५१ दिन चल्नेछ । यसअघि पहिले ४४ दिनको तालिका निस्केको थियो ।
बिहीबार न्यूज एजेन्सीले जनाए अनुसार अर्को हप्ता बीसीसीआईले मिति तय गर्नेछ ।
बीसीसीआईले भारतले अष्ट्रेलिया भ्रमण गर्न पर्ने भएकाले त्यसअघि सकाउन एक हप्ता अगाडि नै सकाउने गरी तालिका बन्नेछ ।
२० अगष्ट मै सबै टिम युएईमा पुग्नेछन् । ८ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली स्पीन बलर सन्दीप लामिछानेले यसपटक पनि दिल्ली क्यापिटल्सबाटै खेल्नेछन् । उनी यसअघिका दुई वटा सिरिज दिल्लीबाटै खेलेका छन् ।
सन्दीपलाई दिल्लीले तीन वर्षका लागि सम्झौता गरेको थियो ।