नवलपरासी पश्चिम । बर्सेनि नारायणीमा मान्छे डुबेर बेपत्ता भएको समाचारहरु पटक पटक आउँदा पनि मानिषलाई आफ्नो ज्यानको माया भन्दा पनि दाउराको लोभको कारण कतिको ज्यान गएको छ यस्तै नवलपरासी पश्चिम सुस्ताको एक बृद्धले नारायणी नदिमा दाउरा झिक्न जाँदा नारायणी नदिले बगाएर बेपत्ता बनाएको छ ।
शुक्रबारको दिन करिब ५ः३० बजे बिहानको समयमा नारायणी नदीमा दाउरा झिक्न जाँदा सुस्ता ५ पक्लिहवास्थित ठोकर न ३ बाट सुस्ता ५ पक्लिहवाको रामनगर टोलमा बस्ने अन्दाजी बर्ष ५५ को राधेश्याम कोइरीलाई नारायणी नदीले बगाएपछि बेपत्ता भएका हुन् ।
कोइरी बिहानको समयमा नदीमा दाउरा आउने भनेर दाउरा झिक्न गएका थिए । ठोकर न ३ मा दाउरा झिक्ने क्रममा उनको खुट्टा चिप्लिएर नदीमा झरेका थिए भने यही ६ गते सुस्ता ४ नर्सही बस्ने बर्ष ३२ का सन्त चौधरी पनि बेपत्ता भएका थिए ।
ठोकर नं १३ बाट दाउरा झिक्ने क्रममा बेपत्ता भएका हुन् । बेपत्ता कोइरी र चौधरीको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय बेलाटरीले जनाएको छ ।