arrow

ज्यान मार्ने उद्योगका दुई जना फरार प्रतिवादी पक्राउ, दुई अझै फरार

logo
प्रकाशित २०७७ साउन ९ शुक्रबार
arrest-final.jpeg

नेपालगन्ज । बाँकेमा ज्यान मार्ने उद्योगका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

खजुराको पिविसी इट्टा उद्योग परिसरमा गत जेठ ९ गते ज्यान मार्ने उद्योग गरेर फरार भएका कलिम भाट र समीर भाटलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ । 

अरु दुई जना अझै फरार छन् । उनीहरु विरुद्ध सोनु कसगढ भन्ने सद्दाम शेषले जाहेरी दिएको प्रहरीले बताएको छ । प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
नयाँ