काठमाडौं। केही दिन अघि मात्रै लाखामरि (मिठाई)मा ठगी गरेको भाटभटेनी सुपर मार्केटको अर्को ठगी फेला परेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा भाटभटेनीको अर्को ठगी फेला परेको हो। अनामनगर हनुमानस्थानमा रहेको भाटभटेनीले पानीको बोतलमा ठगी गरेको विभागको अनुगमनबाट पुष्टि भएको हो।
भाटभटेनीले बेली ब्राण्डको पानी विक्री गर्दा म्याद नाघेको विक्री वितरण गर्ने गरेको पाइएको छ। म्याद नाघेको पानी विक्री वितरण गरेको पाइएपछि वाणिज्य विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको विभागका निर्देशक सागर मिश्रले बताए। यसअघि भाटभटेनीको नक्साल ब्रान्चले लाखामरीमा दोब्बर मूल्य लिएको पाएपछि विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको थियो। भाटभटेनीले प्रिन्ट मिस्टेकले बढी मूल्य हुन गएको स्पष्टिकरण दिएको थियो।