arrow

देशलाई अल्मल्याएर नेकपा अधिनायकवादको यात्रामा रहेको कांग्रेस तरुण विभागको निष्कर्ष

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन १० शनिबार
tarun-department-purna-shan.jpg

काठमाडौं। नेपाली कांग्रेसको तरुण विभागले सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीले मुलुकलाई अधिनायकवादतर्फ धकेल्न खोजेको ठहर गर्दै त्यसका बिरुद्ध सशक्त ढंगले प्रस्तुत हुने जनाएको छ ।

विभागको आज बसेको पहिलो बैठकले नागरिकहरुलाई अल्मल्याएर देशलाई अधिनायकवादतर्फ धकेल्न खोज्ने सत्ताधारी नेकपाको विरुद्धमा तरुण विभागलाई सशक्त ढंगले प्रस्तुत गर्ने निर्णय गरेको छ । 

नेकपा नेतृत्वको सरकारले भ्रष्टाचारलाई संस्थागत गर्ने, शक्ति सन्तुलन तथा पृथकीकिकरणको मान्यताको उपहास गर्ने, न्यायपालिका माथि प्रत्यक्ष परोक्ष हस्तक्षेप गरी न्याय सम्पादनमा प्रभाव पार्ने, संवैधानिक निकायहरुको स्वायत्तता समाप्त पार्ने लगायतका कार्यहरु गरेको समेत निष्कर्ष तरुण विभागले निकालेको छ ।  

विभागका संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको अध्यक्षतामा बसेको वैठकले नेकपा नेतृत्वको सरकारको लापरवाहीले देशमा राजनीतिक, धार्मिक र भूगोल लगायतमा बाह्य हस्तक्षेप अनपेक्षित रुपमा बढदै जानुलाई गम्भिरतापूर्वक लिई राष्ट्रिय स्वाभिमान एवम् स्वतन्त्रतामा खेलाँची नगर्न सरकारलाई सचेत गराएको छ । 

पहिलो वैठकमा नेपाली काग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले विभागका सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । 

तरुण विभागको शनिवार बसेको बैठकले गरेका निर्णयहरु 


१ नेपाली कांग्रेसको संगठन विस्तार, लोकतन्त्रको संस्थागत विकास, राष्ट्रियताको सम्वद्र्धन तथा मुलुकको समृद्धिका लागि तरुणहरुको भूमिकाको कदर गर्दै तरुण विभाग गठन गरी पूर्ण विश्वासका साथ यो गहन जिम्मेवारी निर्वाह गर्ने अवसर हामीलाई प्रदान गर्नु भएकोमा नेपाली कांग्रेसका केन्द्रीय सभापतिज्यूप्रति तरुण विभाग हार्दिक आभार व्यक्त गर्दछ ।

२ मुलुकको राजनीतिक परिवर्तन, स्थायित्व र आर्थिक समृद्धिको सम्वाहक तरुण युवाहरु हुन भन्ने तथ्यलाई आत्मसात गर्दै कुल जनसंख्यामा तरुण युवाहरुको बाहुल्यता रहेको अहिलेको स्वर्णीम अवसरलाई मुलुकमा समृद्धि हासिल गर्ने कार्यमा परिचालन गर्न आवश्यक भएकोले तरुण युवाहरुलाई आयआर्जन तथा रोजगारी सिर्जनाका कार्यमा लाग्न प्रेरित/सहयोग गर्ने कार्यक्रमहरु संचालनगर्ने निर्णय गरियो ।

३ मुलुकभित्र रोजगारीको अवसर सिर्जनागर्न नसक्दा बाध्य भएर वैदेशिक रोजगारमा गएका कर्मवीर युवाहरुको संरक्षणमा जोड दिने । अहिलेको विषम परिस्थितिमा भारत लगायत अन्य देशबाट काम छाडेर वा काम गुमेर स्वदेश फर्केका तरुण युवाहरुलाई व्यवसायिक क्रियाकलापमा लाग्नका लागि सहयोग पुर्या‍उन सरकार र निजी क्षेत्रसँग समन्वय गर्ने निर्णय गरियो । 

४ मुलुकको प्रमुख आर्थिक क्षेत्रहरु जस्तै कृषिको आधुनिकीकरण तथा व्यवसायिकरण गर्ने, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक लगायतका पर्यटन क्षेत्रको उत्थान गर्ने, घरेलु, साना तथा मझौला उद्योगको विकासमातरुण युवाहरुलाई परिचालन गर्ने विशेष रणनीति लिन सकेमा मात्र मुलुक आत्मनिर्भर बन्नुका साथै देशभित्र नै रोजगारीको सिर्जना समेत हुने वास्तविकतालाई मनन गरी नीति कार्यक्रम बनाई काम गर्न सरकारसंग माग गर्ने र यसका लागि आवश्यक वातावरण बनाउन स्थानियतह देखि नै तरुण युवाहरुलाई सक्रिय बनाउदै लैजाने निर्णय गरियो ।

५ नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकारले भ्रष्टाचारलाई संस्थागत गर्ने, शक्ति सन्तुलन तथा पृथकीकिकरणको मान्यताको उपहास गर्ने, न्यायपालिका माथी परोक्ष हस्तक्षेप गरी न्याय सम्पादनमा प्रभाव पार्ने,संवैधानिक निकायहरुको स्वायत्तता समाप्त पारी पार्टी र सरकारको स्वार्थ अनुरुप चल्न बाध्य बनाउने लगायतका कार्य गर्नुले मुलुकलाई अधिनायकवाद्तर्फ धकेल्न उद्धत भएको देखिन्छ । यस्ता अवस्थामा लोकतन्त्र र विधिको शासनलाई जोगाई राख्ने गहन जिम्मेवारी तरुण युवाहरुको काधमा आएकाले सरकारका अलोकतान्त्रिक तथा गैरजिम्मेवार कार्यका विरुद्धमा आगाम दिनमा थप सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरियो ।

६ नेकपा नेतृत्वको सरकारको लापरवाहीले देशमा राजनीतिक, धार्मिक र भूगोल लगायतमा बाह्य हस्तक्षेप अनपेक्षित रुपमा बढदै जानुलाई गम्भिरतापूर्वक लिई राष्ट्रिय स्वाभिमान एवम् स्वतन्त्रतामा खेलाँची नगर्न सरकारलाई सचेत गराउदछौ । साथै, मुलुकका विरुद्धमा हुने वाह्य हस्तक्षेप तथा षडयन्त्रको सम्पूर्ण तरुणयुवाहरुले डटेर प्रतिवादगर्ने निर्णय गरियो । 

७ मुलुकमा कोभिड–१९ का कारण उत्पन्न स्वास्थ्य समस्याले सिर्जना गरेको आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक क्षति निकै विकराल अवस्थामा पुगेको छ । बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिले ठूलो जनधनको क्षति भईरहको छ । जनताको जीवनमा आएका यस्ता कठिन परिस्थिति तथा गम्भिर समस्या समाधान गर्नुपर्ने बेलामा नेकपा नेतृत्वको सरकार सत्ताको लुछाचुँडिमा लाग्दा मुलुक र जनता प्रतिको जिम्मेवारी निर्वाह गर्न पूर्णत असफल भएको छ । नेपाली जनताको मतको उपहास भएको छ, लोकतन्त्र र उत्तरदायी शासन प्रणालीको धज्जी उडाइएको छ भने सरकारले शासन संचालनको न्यूनतम नैतिकआधार पनि गुमाएको छ । यस्तो विषम परिस्थिति मा आम जनताको जीवन रक्षा (स्वास्थ्य सुरक्षा, उद्धार र राहत आदि)का लागिसम्पूर्ण तरुणहरु आ–आफनो ठाउँबाट संगठित भएर लाग्न र सरकारका दुश्कर्मको डटेर प्रतिवाद गर्न सम्पूर्ण तरुण युवाहरुमा अपिल गर्दछ ।

८ कोभिड–१९ को महामारी र बाढी,पहिरो जस्ता प्रकृतिक विपत्तिबाट ज्यान गुमाउने व्यक्ति प्रतिभावपूर्ण श्रद्धासुमन अर्पण गर्दै स्वर्गीय आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरियो । यस्तो कठिन घडिमा जनताको जीवन रक्षाका लागि उच्च कर्तव्य बोधका साथ अहोरात्र सेवामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, संचारकर्मी, राष्ट्रसेवक कर्मचारी, समाजसेवी, जनप्रतिनिधिहरुर नेपाली कांग्रेसका तमाम कार्यकर्ता तथा शुभेच्छुक प्रति हार्दिक धन्यवाद् ज्ञापन गर्ने निर्णय गरियो ।

९ नेपाली कांग्रेसका संस्थापक, विचारक, चिन्तक र नेपालका हरेक लोकतान्त्रिक आन्दोलनका नेतृत्वकर्ताप्रति यो वैठक उच्च सम्मान व्यक्त गर्दछ । साथै नेपालको लोकतान्त्रिक आन्दोलनमाजीवन आहुति दिनेसम्पूर्ण ज्ञात, अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्नुका साथै लोकतन्त्र र विधिको शासन स्थापनाका लागि भएका विभिन्न आन्दोलनका घाइते भई अशक्त भएकाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सहिदका परिवारलाई विशेष अवसर र अशक्तको उपचारको उचित प्रवन्धगर्न सरकारसंग माग गर्ने निर्णय गरियो ।

१० मुलुकको लोकतान्त्रिक आन्दोलनको मियोको रुपमा रहेको नेपाली कांग्रेसको नेतृत्वमा मात्र राष्ट्रियताको संरक्षण, लोकतन्त्रको प्रवद्र्धन, जनजीविकाको सुनिश्चितता, मानवअधिकारको रक्षा, शान्ति सु व्यवस्था कायम तथा विधिको शासन स्थापित भई समृद्ध नेपालको आधार निर्माण हुन सक्छ भन्ने तथ्य छर्लङ्ग छ । यसै वास्तविकतालाई मनन गर्दै नेपाली कांग्रेसको नीति, मूल्यमान्यता तथा सिद्धान्त बमोजिम एकतावद्ध भएर राष्ट्रनिर्माणको अभियानमा जुट्न सम्पूर्ण तरुण युवाहरुमा हार्दिक आब्हान गर्ने निर्णय गरियो ।



लोकप्रिय समाचार
नयाँ