डोटी । डोटीका ५ सय ३८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासिका अनुसार ६ सय ७ जना संक्रमित मध्ये ५ सय ३८ जना निको भएर घर फर्किएका हुन् ।
कोरोना निको हुनेमा पूर्वी चौकी गाउँपालिकाका १४७,आदर्श गाउपालिका ११७, शिखर नगर नगरपालिकाका ९५, दिपायल सिलगढि नगरपालिकाका ७७, सायल गाउँ पालिका ३८,बोगटान फुड्सिल गाउँ पालिका २६,जोरायल गाउँपालिकाका १८, वडिकेलार गाउँपालिकाका १३ र केआइसिंह गाउँपालिकाका ७ जना रहेका छन् ।
अहिले पनि ६९ जना कोरोना संक्रमित स्थानीयतहरुले निर्माण गरेका आइसोलेसनमा रहेका छन् । जस अन्तर्गत शिखर नगरपालिकामा ६५, केआइसिंह गाउँपालिकामा २ र जोरायल गाउँपालिकामा २ जना रहेका स्वास्थ प्रमुख मलासीले हाम्राकुरालाइ जानकारी दिए ।
जिल्ला विभिन्न स्थानीय तहका क्वारेन्टिनमा १ हजार ४ सय सातजना रहेको स्वास्थ कार्यालय डोटीले जनाएको छ ।
हालसम्म ४ हजार ८ सय २४ जनाको स्वाब संकलन गरिएकोमा ३ हजार ४ सय ६७ जनाको रिपोर्ट आएको स्वास्थ्य कार्यालयका प्रमुख मलासीले जानकारी दिए ।
स्वाब संकलन गरिएका १ हजार ३ सय ५७ जनाको अझै रिपोर्ट प्राप्त हुन नसकेको मलासीले बताए ।