arrow

नेपालगन्जमा मजदुर, मिठाई पसल संचालक र सरकारी जागिरेमा कोरोना

logo
सौरभ गिरी,
प्रकाशित २०७७ साउन १० शनिबार
corona-niko-test.jpg

नेपालगन्ज । नेपालगन्जमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, मिठाई पसल गर्ने ब्यक्ति र एकजना सरकारी जागिरेमा कोरोना देखिएको छ ।

बिहिवार नेपालगन्जको त्रिभुवन चोक क्षेत्रबाट संकलित १ सय ३० स्वाबको नमुना मध्ये ३ जनाको पोजिटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ती मध्ये एक जना मजदुर, एक जना मिठाई पसल संचालक र  एकजना सरकारी जागिरे रहेको पाइएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा कार्यरत जुम्ला स्थायी ठेगाना भएका एक जना अधिकृत, बर्दिया घर भई नेपालगन्ज १२ बस्ने मजदुर र नेपालगन्ज ११ का मिठाई पसल संचालकमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कामको खोजीमा हरेक दिन विहान मजदुरहरु त्रिभुवन चोकमा जम्मा हुने गर्दछन् । बाँकेमा समुदायस्तरमै कोरोना देखिन थालेपछि सचेतता अपनाउन प्रजिअ कुरुम्बाङले सबैमा आग्रह समेत गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ