arrow

बिपीको तस्बिर हटाइएकोबारे तरुण दल आक्रोशित, पुन: स्थापना नगरे आन्दोलन

logo
प्रकाशित २०७७ साउन ११ आइतबार
Tarun-Dal.jpg

काठमाडौं। नेपाल तरुण दलले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको तस्बिर हटाएको प्रति सह्य नहुने जनाएको छ। तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले आइतबार प्रेस विज्ञप्ति जारी गरेर प्रतिष्ठानमा बीपीको तस्बिर पुन: अबिलम्ब प्रतिस्थापन गर्न माग गरेका छन्। बिपीको अपमान र उहाँको अस्तित्व मेटाउने प्रयत्न कतैबाट भए आन्दोलनको चेतावनी समेत दिइएको छ।

अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने घृणित मानसिकताप्रति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले भनेका छन्, “हटाइएको उक्त तस्बिर सोही स्थानमा अबिलम्ब नराखिए नेपाल तरुण दल आन्दोलनमा उत्रिन बाध्य हुने हुनेछ।” साथै सो कार्य वर्तमान उपकुलपतिको निर्देशनमा भएको भन्ने समाचार आएकोले सो कार्य खेदजनक भएको बताइएको छ।

तरुण दलले बीपीको हटाइएको तस्बिर प्रतिस्थापन नगरे उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा उपकुलपतिले लिनुपर्ने चेतावनी पनि दिएको छ।



लोकप्रिय समाचार
नयाँ