arrow

वडाध्यक्ष महराले कार्यकक्षमै खाए कुटाइ

logo
प्रकाशित २०७७ साउन ११ आइतबार
injury.jpg

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आइतबार कार्यकक्षमै कुटपिट गरिएको छ । एक समुहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो । 

वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ । आक्रमणबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युलगायतमा चोट लागेको छ । महराले वडा कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला १०-१२ जनाको समुहले एकाएक आक्रमण गरेको बताए ।

शनिवार राती सुरज चौधरी लगायतलाई मदिरा सेवन गरी कुटपिट गर्न थालेपछि वडा अध्यक्षले सम्झार पठाएका थिए  चौधरीले भने, “सो समुहले राती गाँउमा हो हल्ला गर्ने र गाँउलेलाई आतंकित पार्ने कार्य गरिहेकाले उनीहरुलाई सम्झाउनका लागि वडाध्यक्षलाई डाँकेका थियौँ, तत्काल वडा अध्यक्षले सम्झाएपछि त्यहाँबाट गए पनि राती वडाध्यक्षलाई ठिक पार्नुपर्छ भनेर हिँडका थिए ।”

मदिरा पिएर होहल्ला गर्ने समुहले आतंक मच्चाउन थालेपछि प्रहरीलाई त्यसबारे खबर गरे पनि प्रहरी नआएको स्थानिय बासिन्दाले बताएका छन् । वडाध्यक्षमाथि वडा कार्यालयमै आक्रमण भएपछि मात्रै प्रहरी पुगेको स्थानिय बासिन्दाको भनाइ छ । 

यसैबीच नगर कार्यपालिकाले प्रेस विज्ञप्ती जारी गरी वडा कार्यालयमा केही उछृङखल व्यक्तिले अनाधिकृत रुपमा प्रवेश गरी वडा कार्यालयमा तोडफोड गर्नुका साथै वडाध्यक्ष माथि कुटपिट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ