डोटीका ५ सय ३८ जना कोरोना संक्रमित निको भएर घर फर्किए
प्रकाश बम,
प्रकाशित २०७७ साउन ११ आइतबार
117
Shares
डोटी। डोटीका ५ सय ३८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार ६ सय ७ जना संक्रमित मध्य ५ सय ३८ जना निको भएर घर फर्किएका हुन्।
कोरोना निको हुनेमा पुर्बीचौकी गाउँपालिकाका १४७,आदर्श गाउँपालिकाका ११७, शिखर नगरपालिकाका ९५, दिपायल सिलगढी नगरपालिकाका ७७, सायल गाउँपालिकाका ३८, बोगटान फुड्सिल गाउँपालिकाका २६, जोरायल गाउँपालिकाका १८, वडिकेदार गाउँपालिकाका १३ र केआइसिंह गाउँपालिकाका ७ जना रहेका छन्।
अहिले पनि ६९ जना कोरोना संक्रमित स्थानीय तहहरुले निमार्ण गरेका आइसोलेसनमा रहेका छन्। जस अन्तर्गत शिखर नगरपालिकामा ६५, केआइसिंह गाउँपालिकामा २ र जोरायल गाउँपालिकामा २ जना रहेका स्वास्थ प्रमुख मलासीले हाम्राकुरालाइ जानकारी दिए।
जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा १ हजार ४ सय सातजना रहेको स्वास्थ कार्यालय डोटीले जनाएको छ। हालसम्म ४ हजार ८ सय २४ जनाको स्वाब संकलन गरिएकोमा ३ हजार ४ सय ६७ जनाको रिर्पोट आएको स्वास्थ्य कार्यालयका प्रमुख मलासीले जानकारी दिए। स्वाब संकलन गरिएका १ हजार ३ सय ५७ जनाको अझै रिपोर्ट प्राप्त हुन नसकेको मलासीले बताए।