arrow

दीगो अर्थोपार्जनका लागी धनकुटा उद्योग बाणिज्य संघ फलफुल खेतीमा

logo
प्रकाशित २०७७ साउन ११ आइतबार
plantation-dhankuta.jpg

धनकुटा। संस्थाको दिगो अर्थोपार्जनका लागि धनकुटा उद्योग बाणिज्य संघले फलफुल खेती कार्यक्रम अन्तर्गत कार्यालय परिसर र वरिपरीको क्षेत्रमा फलफुलका विरुवाहरु रोपेरे कार्यक्रमको शुभारम्भ गरेको छ। धनकुटा उद्योग बाणिज्य संघको दिगो आम्दानीको लागी फलफुल खेती कार्यक्रमको धनकुटामा वरख गण सल्लेरी व्यारेक धनकुटाका गणपती कर्णेल भगवान थापा मगर र धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले संयूक्त रुपमा एभोकाडो र सुन कागतीको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका हुन्।

सो अवसरमा उद्योग बाणिज्य संघका पदाधिकारीहरु, पत्रकारहरु, बरख गण सल्लेरी व्यारेकका नेपाली सेनाका अधिकृत तथा जवानहरु, धनकुटा उद्योग बाणिज्य संघका कर्मचारीहरुले २ सय वटा विभिन्न जातका फलफुलका विरुवाहरु रोपेका थिए। धनकुटा उद्योग बाणिज्य संघ धनकुटाले डा.राम प्रसाद पोखरेल आखा अस्पताल, धनकुटा उद्योग बाणिज्य संघ र धनकुटा नगरपालिका वडा नं. ६ को कार्यालय जाने सडक र कार्यालय वरीपरीको क्षेत्रमा समेत फलफुका विरुवाहरु रोपेको छ।

धनकुटा उद्योग बाणिज्य संघको संस्थागत दिगो आर्थिक विकासका लागी यस बर्षदेखी शुरु गरिएको फलफुल खेती कार्यक्रम अन्तर्गत रोपिएका  एभोकाडो, सुनकागती, अम्वा, बेल, तेजपात लगायतका फलफुलका विरुवाहरु तीन बर्ष देखी फल्न शुरु गरी उद्योग बाणिज्य संघलाई मासिक १० लाखदेखी १५ लाखसम्म आम्दानी हुने लक्ष्य राखिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए। 

डिभिजन बन कार्यालय धनकुटा र बरखगण सल्लेरी व्यारेक धनकुटाले फलफुलका विरुवाहरु धनकुटा उद्योग बाणिज्य संघलाई उपलब्ध गराएको थियो।



लोकप्रिय समाचार
नयाँ