arrow

बिना मगरको क्षेत्रबाट कांग्रेसमा भित्रिए 'जंगे' सहित नेकपाका सय कार्यकर्ता

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ साउन ११ आइतबार
nc-kanchanpur.png

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरको निर्वाचन क्षेत्र कञ्चनपुरको पुनर्वासमा कांग्रेस नेता दिवानसिंह बिष्टले सय जना नेकपा कार्यकर्ताहरुलाई आइतबार पार्टीमा भित्र्याएका छन ।  

मन्त्री मगर लगायत नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय जनताको भावना अनुसार बिकास निर्माणमा भुमिका निर्वाह गर्न नसकेको भन्दै जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वास नगरपालिका ७ च गाउँका नेकपा कार्यकर्ताहरुले नेपाली कांग्रेस प्रवेश गरेका हुन । आइतबार पार्टी प्रवेश गर्नेहरुलाई नेता बिष्टले खादा ओढाएर स्वागत गरेका थिए ।
 
पुनर्वास स्थित च गाउँका नेकपाका पुराना र प्रभावशाली कार्यकर्ता मानिएका जंगबहादुर तामाङ 'जंगे' सहितका कार्यकर्ताहरुलाई नेता बिष्टले नेपाली कांग्रेसमा भित्र्याएका हुन । 

दलित , जनजाती र बिपन्न समुदायको उत्थान गर्ने नेकपा ठानेर कम्युनिस्ट बिचार अंगालेको र कम्युनिस्ट पार्टीका नेताहरुको वर्गीय भन्दा बिलासिता पुर्ण जीवन शैली ब्यबहारमै देखिए पछि नेकपा परित्याग गरि बिशेश्वर कोइरालाले स्थापित गरेको लोकतान्त्रिक समाजवादको नीतिनै उत्तम देखेर नेपाली कांग्रेसमा प्रवेश गरेको केशव एसकेले बताए । 

नेपाली कांग्रेस समर्थित ३ जना युवा बुद्धिमान तामाङ , रमेश तामाङ र एलिया तामाङको सकृयताले नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गराइएको हो । 
नव प्रवेशी कार्यकर्ताहरुलाई स्वागतका लागि पुनर्वासको च गाउँमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्टले भने "वर्गीय उत्थानका नाममा राजनीति गर्ने कम्युनिस्ट पार्टीका नेताहरुको ब्यबहारले नै पुष्टि गरि सक्यो नेकपाबाट मुलुकको बिकास सम्भव छैन भन्ने ।"  

उनले भने " मुलुकको बिकास र जनतालाई निकास दिने पार्टी कांग्रेसनै हो यस क्षेत्रमा कांग्रेसले गरेका योजना बाहेक अहिलेसम्म नयाँ केही आउन सकेका छैनन । जनतालाई झुक्याउने बाहेक अरु केही बर्तमान सरकारबाट हुन सकेन ।



लोकप्रिय समाचार
नयाँ