काठमाडौं । भारतमा लगातार चौथो दिन ५० हजारको हाराहारीमा कोरोना भाइरसका संक्रमितहरु थपिँदै गइरहेका छन् । आइतबार ४८ हजार ९३२ जना संक्रमित थपिएका छन् ।
शनिबार ४८ हजार ४७९ जना, शुक्रबार ४८ हजार ८९२ तथा बिहीबार ४८ हजार ४४६ जना संक्रमित थपिएका थिए ।
अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १४ लाख ३६ हजार १९ जना पुगेका छन् । मृतक ३२ हजार ८१२ पुगेका छन् । आइतबार ७०४ जनाको ज्यान गएको छ ।
हाल ४ लाख ८४ हजार ५१ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार ३१ हजार ५०२ लाई निको भएको छ । हालसम्म ९ लाख १८ हजार ७३५ जनालाई निको भइसकेको छ ।